सडक दुर्घटनामा गाँउपालिका अध्यक्षको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष सवार कार दुर्घटनामा परेको छ । दुर्घटनामा परी गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गाहाले बताएका छन् ।

गाउँपालिकाबाट सदरमुका परासी जाने क्रममा बिहान करिब १०ः३० बजेतिर उनी सवार लु१झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटना परेको थियो ।

दुर्घटनामा घाइते शर्मालाई चिसापानी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए । उनी जिल्लामा विपद व्यवस्थापन बैठकमा सहभागिता जनाउन परासीतर्फ गइरहेका थिए ।

शर्मासँगै कारमा सवार सोही गाउँपालिका वडा नं. ५ का हरिलाल राजभर घाइते भएका छन् । उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

कार बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको हो । गाडी आफैले चलाएको प्रहरीले जनाएको छ ।

उनी गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारबाट निर्वाचित भएका थिए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…