हामी धार्मिक कि पाखण्डी ?

स्याङ्जाका कोरोना संक्रमितको उपचारका क्रममा पोखरामा मृत्यु भयो । लासलाई कहाँ व्यस्थापन गर्ने भन्ने कुरामा लामो समय विवाद भयो । अन्तमा रिठ्ठे घाटमा लगेर गाड्ने निर्णय भएछ । लास उठाउन कसैले मानेनन् । कुनै एम्बुलेन्स चालकले लास बोक्न मानेनन् । अन्त्यमा पोखरा मियाँपाटनका एकजना मुसलमान युवा एम्बुलेन्स चलाउन तयार भए । उनको फोटो सामाजिक सञ्जालभरि फिँजियो । यसलाई ईस्लाम धर्मको महानताका रुपमा समेत हेरियो ।

संसारमा मानवताभन्दा ठूलो कुनै धर्म छैन । सबै धर्म, संस्कार, जातपात, सम्प्रदाय भन्ने कुरा मानव जातिले आ–आफ्नो आस्थाका आधारमा आवश्यकता अनुसार सिर्जना गरेका परिपाटी हुन् । तिनै परिपाटी पछि गएर संस्कृति बने । आखिर हरेक मानव एक हो । अझै सनातन धर्मले त मानव मात्रै हैन हरेक प्राणी एक हुन् भन्ने मान्यता राख्दछ ।

मानवको मुख्य धर्म मानवता हो भने धर्मका नाममा बेलाबेलामा किन विवाद हुन्छ ? किन युद्ध हुन्छ ? यो सबैले विचार गर्नुपर्ने कुरा हो । सबै धर्मको सार भनेको मानवता वा अरुको उपकार हो । तर यहाँ एउटा धर्म, एउटा संस्कार र अर्को धर्म एवम् संस्कारका बीचमा अथवा जातपातका नाममा पानी बाराबार किन हुन्छ ?

गुरुङ समुदायका उक्त मृतकको लास उठाउन गैर गुरुङ, गैर हिन्दू, गैर बौद्ध, गैर बोन एकजना इस्लाम व्यक्ति तयार हुनु अन्यका लागि एउटा उदाहरण बन्यो । पछि उनको लास व्यवस्थापन गर्ने स्थानका बारेमा देखा परेको विवाद अनि झडपले त झन मानवताको सर्वत्र खिल्ली नै उडायो । यो भन्दा लाजमर्दा दिन मानव सभ्यतामा अब कहिल्यै देख्नु नपरोस् । हिन्दू धर्ममा देखा पर्ने यस्तै पाखण्डहरुले गर्दा बेलाबेलामा यति सुन्दर र महान् धर्मका विषयमा नकारात्मक टिप्पणीहरु सुन्नुपर्दछ ।

कुनै पनि धर्मले प्राणीलाई विभेद गर भनेको छैन । मानवलाई ठूलोसानो भनेको पनि छैन । धर्मका नाममा राजनीति गर्न खोज्ने, आफूलाई ठूलो भनाउन चाहनेका करतुत मात्र हुन् यी । यस्तै कारणले बेलाबेलामा धर्मका नाममा युद्ध भएका छ्न् । धर्म विवादित बनेको छ ।

हिन्दू धर्म एउटा महासागर हो । यसभित्र सबै अटाउन सक्छ्न् । यही विशालताभित्र केही यस्ता तत्व छन् जसले हिन्दू धर्मलाई आफ्नो पेवा सम्झन्छ्न् । आफूलाई धर्मका ठेकेदार सम्झन्छ्न् । आज धर्मका नाममा, जातका नाममा धर्ममाथी जताततैबाट प्रहार हुँदा यी ठेकेदार केही बोल्दैनन् । धर्मको ब्यापार गरेर मनग्ये पैसा कमाउने र मोजमस्ती गर्ने यिनीहरूको उद्देस्य हो । हिन्दू नाम जोडिएका विभिन्न संघर संस्था खोलेर ब्यापार गर्नमा उद्द्त छ्न् उनीहरू । यस्तै धूर्तहरूका कारण अहिले हिन्दू धर्म माथि प्रहार हुन थालेको छ । आफ्नै धर्म मान्नेहरूलाई विभेद गर्ने केही छद्मभेषीहरूका कारण नै क्रिश्चियन धर्मले प्रवेश पाएको हो ।

आज हिन्दू संस्कार सिध्याउन खोजिएको छ, मानवताको सत्यनाश हुँदैछ, जातीय नारा लगाएर धर्ममाथि नै प्रहार हुँदैछ । यस्तो बेलामा यी ठेकेदार कोही बोल्दैनन् । यिनलाई कताबाट पैसा आउँछ र मोजमस्ती गर्न पाइन्छ भन्ने मात्र छ । यस्तो संकटका बेलामा सबै सच्चा हिन्दूहरूले सचेत भई मानवताका लागि जुट्नु पर्ने बेला आएको छ ।

तनहुँको व्यास नगरपालिकाका जातजातिको अनुसन्धान गर्ने सिलसिलामा त्यहाँका चेपाङ समुदायका माझमा पुगेको थिएँ । चेपाङ जातिका मानिसहरुले आफूहरुलाई भगवान रामका छोरा लवका सन्तती मान्दछन् । हिन्दूहरुले भगवान मान्दै आएका रामका सन्तति मान्ने चेपाङहरु एकजना पनि अहिले हिन्दू छैनन् । यसतर्फ अनुसन्धान गर्न जरुरी छैन ? उनीहरु किन क्रिश्चियन भए त ? यो निकै गम्भीर विषय हो ।

नेपालमा हिन्दूका नाममा खुलेका विभिन्न संघसंस्थाका अगुवाहरुले क्रिश्चियन धर्म भित्रिनुमा वर्तमान राजनीतिलाई दोष दिन्छन् । बेलाबेलामा धर्मप्रचारको आरोप लगाउँदै क्रिश्चियनहरुलाई समेत गाली गर्दै आएका   छन् । कुनै पनि धर्म आफैमा खराब छैन । यसलाई प्रयोग गर्नेहरुको खराबी हो । हिन्दू धर्ममा कुनै खराबी छैन । यसको महानता र विशालताको बारेमा जति चर्चा गरेर पनि सकिन्न । यस्तो महान् धर्म किन परिवर्तन् गर्छन् त मानिसहरु ? अझै हिन्दू देवताकै सन्ततिहरु ? यसतर्फ सच्चा हिन्दूहरुले विचार गर्न पर्दैन ?

स्वामी विवेकानन्दले युरोप र अमेरीकी सम्पन्न मुलुकहरूलगायत जापानको भ्रमण गरेर फर्केपछि भन्नुभएको थियो – जबसम्म नागरिकहरुलाई आर्थिक र सामाजिक रुपमा सम्पन्न गराउन सकिँदैन तबसम्म धर्मको विकास गर्न सकिँदैन । मानिसलाई तबमात्र धार्मिक बनाउन सकिन्छ जब उनहिरुको पेट भरिने व्यवस्था हुन्छ । गरीबीले धर्म बच्दैन । जसले खान दिन्छ उसैको धर्ममा जाने बाध्यता मानिसहरुलाई आइपर्छ । अहिले नेपालमा देखिएको समस्या पनि त्यही हो । जहाँ गरीबी छ, जहाँ विभेद छ, धर्म परिवर्तनको लहर पनि त्यहीँ फस्टाएको छ । चेपाङहरुले धर्म परिवर्तन गर्नुको कारण पनि त्यही हो । स्वेच्छाले भन्दा पनि गरीबीको बाध्यताले उनीहरु धर्म परिवर्तन गरिरहेका छन् ।

भारत र नेपालका ठूलाठूला मन्दिरहरुका अगाडि भिखारीहरुको लस्कर देख्दा उदेक लाग्ने गर्दछ । हामी करोडौँ र अरबौँ खर्च गरेर मन्दिर, मस्जिद र चर्चहरु बनाउँछौँ । तर गरीबका बारेमा कसैले सोच्दैनौँ । विकास, धर्म, संस्कृति भन्नेकुरा मानवहीतका लागि हुनुपर्छ । मानवहीत वा प्राणीहीत भन्दा बाहिरका सबै विकासको नाम पाखण्ड हो । त्यसैले सबै धार्मिक बनौँ, पाखण्डी नबनौँ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…