गोरखाका १० सहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

स्याङ्जा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षण गण्डकी प्रदेशका पाँच जिल्लाका १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जाका चारजना, गोरखाका १० जना, नवलपरासी (नवलपुर)का दुईजना र कास्की र बाग्लुङका एक/एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये स्याङ्जा चापाकोट नगरपालिकाका १८, १८, ३५ र ३९ वर्षीय पुरुष, गोरखा नगरपालिकाका ३२, ३५, २१, २६, ५३, २९, र २५ र बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षीय पुरुष रहेका छन् ।

यस्तै नवलपरासी (नवलपुर) विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक/एकजना पुरुष र पोखरा महानगरपालिकाका २९ वर्षीय पुरुष र बागलुङ ताराखोला गाउँपालिका एकजना पुरुष रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या २२३ पुगेको छ ।

संक्रमित सबै भारतबाट फर्किएको प्रदेश निर्देशनालयले जनाएको छ । उनीहरुलाई जिल्ला स्थित आइसोलेसन कक्षामा राख्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…