भारत र चीनका सेनाबीचको झडपमा ज्यान गुमाउने भारतीय सेनाको संख्या २० पुग्यो

एजेन्सी । भारत र चीनको सीमामा भएको झडमा ज्यान गुमाउने भारतीय सेनाको संख्या २० पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लद्दाखको लगभग १४ हजार फिट उचाइँमा रहेका गालवन भ्यालीमा झडप हुँदा २० जना भारतीय सेनाले ज्यान गुमाएको सञ्चारमाध्यमले जनाएका हुन् ।

ज्यान गुमाउनेमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिक रहेका छन् । जसमध्ये १६ बिहार रेजिमेन्टका कमाण्डिङ अफिसर कर्णेल सन्तोष बाबु, हवल्दार पालानी, सिपाही कुन्दन झा र अन्यको सनाखत हुन सकेको छैन ।

यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि तनाव रहेको छ । सो विषयमा दुई देशबिच छलफल भइरहँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ ।

एजेन्सीकाे सहयाेगमा तयार पारिएकाे समाचार ।

तस्बिर : फाइल तस्बिर

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…