वालिङमा घरघरमा तरकारी : ‘धन्यवाद छ ! नगरपालिकालाई’

स्याङ्जा । कोरोना कहरमा पनि वालिङ बजारका नागरिक (उपभोक्ता)हरु घरघरमा नै ताजा तरकारी खरिद गर्न पाए पछि खुशीले गदगद भएका छन् । घरमै सुपथ मुल्यमा नै ताजा तरकारी उपभोग गर्न पाएको भन्दै खुशी व्यक्त गरेका हुन् ।

वालिङ–८ नयाँबजारका हुम नारायण कोइरालाले भने, ‘यो विषम परिस्थितिमा पनि घर घरमा नै ताजा तरकारी पाउने सौभाग्य हो ।’ घरमै सस्तो मुल्यमा तरकारी किन्न पाएपछि उनी खुशी भए । उनले वालिङ नगरपालिकालाई धन्यवाद समेत दिए ।

यस्तै वालिङ ९ मा लामो समयदेखि बस्दै आएकी शुभद्रा खनाल पनि घरमै आफूलाई आवश्यक पर्ने तरकारी किन्न पाउँदा खुशी छिन् । ‘सधै घर घरमा तरकारी किन्न पाइयोस् है ! सर’ उनले हातमा तरकारी देखाउँदै भनिन्, ‘कोरोना डरले घरभन्दा कतै जान नपरे हुन्थ्यो सर ।’

उनीहरु मात्रै होइन वालिङका धेरै उपभोक्ता निक्के खुशी छन् । लकडाउनमा लामो समयदेखि पसलमा बेच्न राखिएको तरकारी खरिद गर्न बाध्य भएका उनीहरु ताजा तरकारी लिन पाउँदा नगरपालिकालाई धन्यवाद दिन्छन् । घरघरमा नै तरकारी आए पछि बाहिर हिडिरहनु पर्ने जोखिम समेत कम भएको बताए ।

गाँउगाँउमा उत्पादन भएका कृषि उपजलाई सहज रुपमा उपभोक्ता सम्म पुर्याउने योजना सहित बजारीकणको काम सुरु गरिएको नगरप्रमुख दिलिप प्रताप खाँणले बताए । बिषम परिस्थितीमा पनि कृषकहरुलाई समस्या नपरोस भनेर आफूहरु सचेत रहेको उनको भनाई छ । उनले भने, ‘कतै कुहिएको छ भने कतै भोकै बस्नु परेको छ । त्यसैले किसानको उत्पादनलाई उपभोक्ता कै घरमा पु¥याउने व्यवस्था गरेका हौं ।’

लकडाउनको लामो अवधिमा वालिङ नगरपालिका, दियालो युएनडिपी नेपाल मिलेर कृषि र हरित ज्योति गौरब कृषि सहकारी मार्फत तरकारी नागरिकको घर घरमा पुर्याइएको हो ।

हरितज्योती गौरब कृषि सहकारीका अध्यक्ष कृष्ण खाँणले दीर्घकालिन रुपमा तरकारी बजारको व्यवस्थापन गर्ने गरी तयारी भैरहेको बताए । ‘सहज रुपमा तरकारीजन्य सामाग्री उपभोक्ता सामु पु¥याउने लक्ष्य सहित तरकारी बजार सञ्चालन गर्ने तयारीमा छौं, उनले भने ।

दियालो गैरसरकारी संस्थाको सहजीकरण/व्यवस्थापनमा वालिङ नगरपालिकाका वडा स्तरमा खुलेका संकलन केन्द्र र सहकारी मार्फत कृषि उपज संकलन गरी न्युनतम मुल्यमा बजारमा बेच्ने गरिएको छ । संस्थाका अध्यक्ष कविता गैह्रेले भनिन् ‘संस्थाको अगुवाईमा नगरपालिका भित्रका कृषकहरुलाई आहतमा राहत ल्याउने उद्देश्यले कार्यक्रम गरिएको बताइन् । उनका अनुसार तरकारीलाई जिपमा राखेर घरघरमा पुर्याइएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…