गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३५३

पोखरा । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा शुक्रबार थप २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार नवलपरासी (नवलपुर) विनयत्रिवेणीका २० र २८ वर्षीय पुरुष, बागलुङ गल्कोट नगरपालिकाका ३५, ३८, ३०, २२, १९ र ४५ वर्षीय पुरुष र २० र ४२ वर्षीया महिला र काठेखोला गाउँपालिका २४, २९, २२, २०, २३ र २९ वर्षीय पुरुष रहेका छन् ।

पोखरा महानगरपालिकाका ४१, १९, १९ वर्षीय पुरुष र ३० र ५६ वर्षीया महिलामा र कास्की रुपा गाउँपालिकाका ४५ वर्षीय कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जा कालीगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना देखिएको छ । यसैगरी स्याङजाकै एकजना ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमित सबैजना भारतबाट फर्केका हुन् । उनीहरुलाई जिल्ला स्थित आइसोलेसनमा राख्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

पर्वतमा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना
पर्वतमा पाँचजना स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परीक्षणमा जिल्ला अस्पताल पर्वतका पाँचजना स्वास्थ्यकर्मीमा कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पतालका सुपरीटेण्डेन्ट डा. शिशिर टेवकोटाले जनाएको छ ।

अस्पतालका ईर्मेजेन्सी सेवा बाहेक अन्य सेवाहरु बन्द रहेको उनले जानकारी दिए । योसँगै गण्डकी प्रदेशका कोरोना संक्रमित संख्या २५३ पुगेको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…