आँधीखोला गाउँपालिकाका क्वारेन्टाइनबाट भागेका कोरोना संक्रमित भेटिए

स्याङ्जा । आँधीखोला गाउँपालिकाको क्वारेन्टाइनबाट भागेका कोरोना संक्रमित सहित अर्का एकजना भेटिएका छन् ।

आँधीखोला सामुदायिक क्वारेन्टाइनमा बस्दै आएका १९ वर्षीय कोरोना संक्रमित साजन नेपालीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले शुक्रबार दिउँसो भेटाएको हो । उनलाई पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाको सीमा पर्ने पर्यटकीय स्थल भालुपहाडबाट लकेर बस्दै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी बिमलराज कणेलले जानकारी दिए ।

यस्तै उनीसँगै क्वारेन्टाइनबाट भागेका अर्का युवालाई कास्की प्रहरीले पोखराको नागढुङ्गाबाट नियन्त्रण लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आँधीखोला गाउँपालिकालाई जिम्मा दिइएको छ ।

क्वारेन्टाइनबाट भागेका दुईजना मध्ये १९ वर्षीय युवामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु गत जेठ ३२ गते क्वारेन्टाइनबाट भागेका हुन् । जेठ २० गते परिवारसँगै भारतबाट आएका युवाको २५ गते स्वाव लिइएको थियो । तर, स्वाव परीक्षण रिपोर्ट आउनु अगावै उनीहरु भागेका थिए । रिपोर्ट पोजेटिभ आएपछि उनीहरुको खोजीकार्य तीब्र बनाइएको थियो ।

संक्रमितसँगै आएका उनका ३४ वर्षीया भाउजु र १३ वर्षीय भतिजामा कोरोना संक्रमण भेटिएको थियो । भागेका मध्ये अर्का युवाको मोबाइल नम्बर अन भएको र लोकेसनको आधारमा खोजी गर्दा पोखरामा भेटिएको स्याङ्जा प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए ।

संक्रमित युवालाई गल्याङ सामुदायिक अस्पतालमा र अर्का युवालाई आँधीखोला गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको उनले बताए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…