मुस्ताङमा पनि देखियो कोरोना संक्रमण, गण्डकी प्रदेशका ११ वटै जिल्लामा कोरोना पुग्यो

पोखरा । गण्डकी प्रदेशमा बितेका १२ घण्टामा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानमा शनिबार गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ४८८ पुगेको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार तनहुँ, बागलुङ, नवलपरासी (नवलपुर) र मुस्ताङका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये तनहुँ व्यास नगरपालिकाका दुईजना पुरुष, गल्कोट नगरपालिकाका आठजना, ताराखोला गाउँपालिकाका एकजना, बडिगाड गाउँपालिकाका छजना, ढोरपाटन गाउँपालिकाका आठजना रहेका छन् ।

नवलपरासी (नवलपुर) बुलिङटार एकजना र एकजना पालिका नखुलेका रहेका छन् । यस्तै मुस्ताङमा पनि कोरोना संक्रमण देखिएको छ । घरजोङ गाउँपालिकाका एकजनामा कोरोना संक्रमण देखिएको हो ।

आज दिउँसो संक्रमण देखिएकाहरु मध्ये चारजना महिला रहेका छन् । उनीहरु बागलुङ र तनहुँका हुन् । आज बिहान मात्रै ५८ जनामा काेराेना स‌क्रमण पुष्टि भएकाे थियाे ।

उनीहरु सबैलाई जिल्ला स्थित अस्पतालहरुको आइसोलेसन कक्षामा राखिएको निर्देशनालयले जनाएको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…