भीरकोट नगरपालिकाद्वारा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक

भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । भीरकोट नगर कार्यपालिकाको आज बसेको नगर सभा बैठकमा नगर प्रमुख छाँयाराम खनालले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

विश्व नै कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट आक्रान्त भइरहेको अवस्थामा ‘समृद्ध भीरकोटको आधार, कृषि पर्यटन आँधिखोलाको उपहार’ भन्ने नारालाई सार्थकता दिने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरेको हो । आन्तरिक स्रोतलाई उपयोग गरी आयमुलक क्षेत्रलाई बढावा दिन गरी नीति ल्याइएको छ । कोभिड–१९ ले विश्व अर्थतन्त्रलाई नै आक्रान्त पारेको वर्तमान अवस्थामा स्वावलम्बी हुने तथा रोजगारी सिर्जना हुने कृषि तथा पर्यटनका योजनाहरुलाई प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रममा ‘एक वडा, एक रणनीतिक सडक’, ‘उज्यालो भीरकोट अभियान’, ‘रोजगारमा आधारित सामुदायिक आयोजना’, ‘एक वडा एक जेष्ठ नागरिक दिवा सेवा केन्द्र’ ‘एक वडा, एक मनोरञ्जन पार्क’, ‘एक घर एक धाराको अभियान’, ‘जेष्ठ नागरिकसँग मेयर ’, ‘गरिबसँग मेयर’, ‘महिलासँग उपमेयर कार्यक्रम’, ‘एक वडा एक उत्पादन’, ‘एक घर : एक एक करेसाबारी र एक गाउँ : एक नर्सरी’, लगायत विशेषहरू कार्यक्रमहरु समावेश गरिएको छ ।

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि तालिम प्रदान गरी स्वरोजगारमा संलग्न हुने, ऐलानी, पर्ती र व्यक्तिगत जग्गा चक्लाबन्दी गरी नमूना कृषि फार्म सञ्चालन गर्ने, आँधीखोलाको दुवैतर्फ तटबन्धन गरी हरित सडक निर्माण, पार्क तथा मनोरञ्जन स्थल सहित सरसफाई केन्द्र, बेरोजगार यूवाहरुलाई कृषि तथा पशुपालन व्यवसाय तर्फ उन्मुख गर्नका लागि लघु उद्यम विकास रणनीति, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको पुननिर्माण तथा संरक्षण, नगरपालिकाबाट प्रदान गरिने सेवाहरुलाई प्रविधिमैत्री बनाउने योजनाहरु अगाडि सारिएको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…