स्याङ्जा र नवलपरासी (नवलपुर) मा थप २० जनामा कोरोना संक्रमण

स्याङ्जा । स्याङ्जा र नवलपरासी (नवलपुर) मा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका १२ र नवलपरासी (नवलपुर) ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा‍. विनाेद विन्दु शर्माका अनुसार कालीगण्डकी गाँउपालिकाका १४, र ४८ वर्षीय पुरुष, अर्जुनचौपारी गाउँपालिकाका ६ वर्षिया बालिका, ५० वर्षिय महिला र सात वर्षका तीनजना बालक, १६, ३०, ३०, ३१ र ३८ वर्षीय पुरुष रहेको छन् ।

यस्तै नवलपरासी (नवलपुर) बौदिकाली गाँउपालिका १८, १९, २०, २१, २१, २९, ४२ र ५० वर्षीय पुरुषहरु रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।

संक्रमित सबैजना भारतबाट फर्केका हुन् । उनीहरुलाई गल्याङ सामुदायिक अस्पतालको आइसोलेसनमा राख्ने तयारी भैरहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जामा प्रमुख याम प्रसाद शर्माले बताएका छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…