‘कोभिड–१९ राहत कोष’ मा भूपू सैनिक विकास एवं कल्याणकारी संघद्वारा ५१ हजार सहयोग

स्याङ्जा । भूपू सैनिक विकास एवं कल्याणकारी संघ जिल्ला कार्य समिति स्याङ्जाले वालिङ नगरपालिकाको ‘कोभिड–१९ राहत कोष’ मा ५१ हजार सहयोग उपलब्ध गराएको छ । संघका जिल्ला कार्य समितिका टोलीले वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)बाट प्रभावित वालिङवासीलाई सहयोग पुग्ने ध्येयले रकम सहयोग गरिएको संघका जिल्ला अध्यक्ष सुबेदार चन्द्रबहादुर रखाली मगरले बताए ।

वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले लकडाउनका कारण दैनिक गुजारा चलाउन गाह्रो भएका परिवार तथा भारत तथा अन्य देशबाट आई क्वारेन्टिनहरुमा बस्नुभएका वालिङका नागरिकलाई भोजन ब्यवस्थापनसँगै आवश्यक सहयोगी स्वास्थ्य तथा आवासका सामग्रीहरुको खरिदमा प्रयोग गरिने नगर प्रमुख खाँणले बताए ।

नगरपालिकालाई तन, मन, धन दिएर सहयोग गर्नुहुने सम्पूर्णमा वालिङ नगरपालिकाको तर्फबाट आभार प्रकट गर्दै सहयोग रकमको सही सदुपयोग हुने नगर प्रमुख खाँणले विश्वास दिलाए ।

हाल सम्म राहत कोषमा ३३ लाख ९ हजार २ सय ५८ रुपैयाँ नगद र १० लाख ६४ हजार ८ सय १५ रुपैयाँ बराबरको राहत संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…