वालिङका शिक्षकहरुद्वारा कोरोना कोषमा झण्डै साढे पन्ध्र लाख प्रदान

वालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुद्वारा वालिङ नगरपालिकाद्वारा स्थापित राहत कोषमा हालसम्मकै सर्वाधिक रकम उपलब्ध गराएका छन् ।

वालिङ नगरपालिकाले स्थापना गरेको ‘कोभिड–१९ राहत कोष’ मा वालिङ नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले १५ लाख ३४ हजार ९ सय ८३ रुपैयाँको चेक मंगलबार वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँण तथा उप–प्रमुख कल्पना तिवारीलाई हस्तान्तरण गरेका हुन् ।

नगरभित्रका ८० वटा सामुदायिक विद्यालयका स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी, राहत, साविक उच्च माध्यमिक विद्यालय र प्राविधिक धारसमेतका शिक्षकहरु संकलन गरिएको रकम नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नगरभित्रका मावि तह वा सो सरहका शिक्षकहरूको ५ दिनको र अन्य शिक्षकहरूको ३ दिनको पारिश्रमिक संकलन गरिएको हो ।

विश्व कोरोना कहरले आक्रन्त भैरहेको अवस्थामा नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको तर्फबाट पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले राहत कोषमा रकम जम्मा गरेको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष एवं रणवीर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले बताए ।

यस्तै नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य एवं पूर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक परशुराम लम्सालले राज्यमा आइपरेको विपत्तिमा आफूहरुले जिम्मेवारी पुरा गरेको बताए । सबै तह र तप्काबाट सहयोग आइरहेको बेला आफूहरुको भूमिका अनिवार्य रहेको उनको भनाई थियो ।

‘तपाईहरुको सहयोगका लागि धन्यवाद,’ सहयोग रकम ग्रहण गर्दै नगर प्रमुख खाँणले भने, ‘यो उदाहरणीय कार्यका लागि तपाईहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं ।’ कोरोनाभाइरस नियन्त्रणका लागि अनवरत रुपमा सक्रिय रहँदा रहँदै पनि राहत कोषमा आर्थिक समेत प्रदान गरेको भन्दै नगर प्रमुखले खुशी व्यक्त गरे ।

सामुदायिक विद्यालयका शिक्षकहरुले ठूलो राशीको रकम नगरपालिकाको राहत कोषमा उपलब्ध गराउनुभएकोमा सहयोगीहरुलाई धन्यवाद ब्यक्त गर्नुहुँदै उपप्रमुख कल्पना तिवारीले जुन उद्देश्य राखेर रकम उपलब्ध गराउनुभएको छ त्यो पूरा गरेर छाड्ने प्रतिबद्धता जनाइन् ।

वालिङ नगरभित्रका १४ वटै वडामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नगरपालिकाभित्र प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा हालसम्म नगद तथा जिन्सी गरी हालसम्म झण्डै ५८ लाख संकलन भएको छ ।
राहत कोषमा हालसम्म नगद तथा जिन्सी गरी हालसम्म झण्डै ५८ लाख संकलन भएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…