बजेट बारे फेसबुकमा राजनीति भयो : सांसद रेग्मी

स्याङ्जा । गण्डकी प्रदेश सरकारका विधायन समिति सभापति मोहनप्रसाद रेग्मी आफूलाई फेसबुकको राजनीति मन नपर्ने बताएका छन् ।

बुधबार वालिङ नगरपालिकाको आठौ नगरसभाको उद्घाटन कार्यक्रममा संघिय र प्रदेश बजेटपछि केही सांसदहरुको फेसबुक राजनीति आफूलाई मन नपर्ने सभापित रेग्मीले बताए ।

उनले भने, ‘बजेट घोषणपछि फेसबुकमा ठूलै तरङ्ग उत्पन्न भएको छ । मलाई फेसबुकमा राजनीति गर्न मन पर्दैन ।’ फेसबुक यो वा त्यो सांसदले यति र उति बजेट पारे भन्ने ठूलै प्रचारबाजी भएकाले आफूले गरेको काम जनताको घरघरमा गएर जानकारी गराउने उनले बताए ।

विकास निर्माणमा साझा जिम्मेवारीसहित अगाडि बढ्नु अहिलेको आवश्यकता भएको भन्दै फेसबुक नभई जनताको घरघरमा जान सहयात्री सांसदहरुलाई चुनौती दिए । राजनीतिभन्दा माथि उठेर विकास निर्माणका कार्यमा आ–आफ्नो दायित्व सम्झेर जिम्मेवारीसहित अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाई थियो । अहिलेको विषम परिस्थितिमा सबै दल एकजुट भएर कोरोनो विरुद्धको अभियानमा लाग्नुपर्ने बेला समेत सभापति रेग्मीले बताए ।

जनताले राजनीतिक दलमाथि गरेको विश्वासलाई मर्न नदिन र विकास निर्माणसँगै समृद्धिको पाटोलाई उकास्नका लागि सबैको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उनको जोड थियो ।

यस्तै कार्यक्रममा तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयबाट अगाडि बढेको खण्डमा विकास निर्माण तथा योजनाहरुको छनौटमा डुब्लिकेसन नहुने भएकाले यतातर्फ ध्यान दिनुपर्नेमा नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बाध्यता रहेकाले योजनाहरु छनौट गर्दा प्राथमिकताका आधारमा नीति तथा कार्यक्रमहरु बनाईएको नगर उप–प्रमुख कल्पना तिवारीले जानकारी दिइन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…