स्याङ्जामा कोरानोबाट मृत्यु हुने स‌ंख्या दुई पुग्याे

स्याङ्जा । स्याङ्जामा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आँधीखोला गाउँपालिका वडा न‌ं . १ सिरुबारीका ५५ वर्षिय पुरुषको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरेका छन् ।

उनको गए राति ११ः३५ बजे मृत्यु भएको निर्देशक डा. आचार्यले पुष्टि गरेका हुन् । मृतकमा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएपछि गत असार ८ गते पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा भर्ना भएका थिए ।
उनी निमोनिया र सुगर समेतको बिरामी रहेको अस्पतालले जनाएको छ ।

यसअघि स्याङ्जामा कोरोना संक्रमणबाट वालिङ नगरपालिका वडा नं. ४ का ६० वर्षिय हर्क बहादुर गुरुङको मृत्यु भएको थियो ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…