नवलपरासी (नवलपुर)का २१ जना सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

स्याङ्जा । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी (नवलपुर)का २५ जना, तनहुँका दुईजना, स्याङ्जा र बागलुङका १/१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले पुष्टि गरेका छन् ।

निर्देशनलायका प्रवक्ता डां शर्माका अनुसार नवलपरासी (नवलपुर) गैंडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२ र २५ वर्षीय पुरुष रहेका छन् । सोही जिल्ला कावासोती नगरपालिकाका २४, २४, ३०, २३, ३०, ३५, २२, १८, २९, ५८, ३५, १८ वर्षीय पुरुष र २५ र ३७ वर्षीय महिला पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँ ब्यास नगरपालिकाका ३०, ४९ वर्षीय पुरुष, स्याङ्जा कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुष र बागलुङ बरेङ गाउँपालिकाका २३ वर्षीय पुरुषमा कोराना संक्रमण भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ७९२ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोनाबाट दुईजनाको मृत्यु भएको छ । उनीहरु दुवैजना स्याङ्जाकै हुन् ।
शुक्रबार संक्रमण पुष्टि भएकाहरु भारतबाट आएका हुन् । उनीहरुलाई जिल्ला स्थित आइसोलेसनमा राख्ने तयारी भैरहको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…