वालिङ नगरपालिकाद्वारा मौरीसहितको १०० घार वितरण

वालिङ । वालिङ नगरपालिकाद्वारा मौरीसहितको १०० घार वितरण गरेको छ । नगरपालिकाले ब्यवसायिकरुमा मौरीपालन ब्यवसायलाई विस्तार गर्नका लागि मौरीसहितको घार वितरण गरिएको हो ।

नगरपालिका अन्तर्गत कृषि शाखाले मौरीपालनका लागि आवेदन माग गरेसँगै चार वटा समूह तथा सहकारी संस्थाहरुको छनोट गरी ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको नगरपालिकाका प्रशासकिय अधिकृत बाबुराम सापकोटाले बताए ।

वालिङ नगरपालिकामा पहिलो चरणमा मौरी सहितको घार वितरण गरिएको र यसको प्रभावकारितालाई हेरेर आगामी वर्ष थप विस्तार गर्ने नगर प्रमुख दिलिप प्रताप खाँणले बताए ।

उनले भने, ‘वालिङ नगरपालिका मौरीपालन ब्यवसायको दृष्टिले उपयुक्त छ । अब यसलाई ब्यवसायिकतातर्फ अगाडि बढाउनुपर्छ ।’ मौरीपालन ब्यवसायमा किसानलाई आकर्षक गराउने उद्देश्यका साथ ५० प्रतिशत अनुदानमा आधुनिक घार सहित मौरी वितरण गरिएको उनको भनाई छ ।

नगरपालिकाका कृषि शाखा प्रमुख केशबहादुर थापाले कान्छी मनकामना कृषक समूह वालिङ ७, बर्तुङ फूलबारी कृषक समूह वालिङ १०, थुमपोखरा कृषि सहकारी संस्था वालिङ १३ र हुल्काङ कृषि सहकारी संस्था वालिङ १४ लाई ५० प्रतिशत अनुदानमा २५/२५ वटा मौरीसहितको घार वितरण गरिएको जानकारी दिए ।

मौरीसहितको आधुनिक घारलाई ५० प्रतिशत अनुदानमा प्रति घार ४ हजार ६ सयमा किसानलाई उपलब्ध गराईएको थापाले बताए । छनोट भएका समूह तथा संस्थाका प्रतिनिधिहरुलाई मौरीपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु, यसको विधिका बारेमा जानकारी दिएर मोरी सहित घार बितरण गरिएको हो ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…