कालीगण्डकी गाउँपालिकाकाे बजेट : ४९ कराेड ६८ लाख २६ हजार (पुर्णपाठ सहित)

शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा

कालीगण्डकी गाँउपालिकाकाे साताैं नगरसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ४९ कराेड ६८ लाख २६ हजार ३१ रुपियाँ बजेट सार्वजनिक गरेकाे छ । कालीगण्डकी गाँउपालिकाका उप-अध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयाेजक सावित्रा काेइरालाले साताैं नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

गाउँपालिका उप–अध्यक्ष सावित्रा कोइरालाद्वारा सातौं नगरसभामा प्रस्तुत बजेटः

गाउँसभाका अध्यक्षज्यू, गाउँकार्यपालिका र गाउँसभाका सदस्यज्यूहरु, राजनीतिक दलका प्रतिनिधी, , राष्ट्रसेवक कर्मचारी, विद्यालयका प्रधानध्यापक तथा पत्रकार मित्रहरू।

१. संवैधानिक व्यबस्था बमोजिम संघिय सरकारद्वारा २०७७ जेठ १५ मा र प्रदेशिक सरकारले असार १ गते आफ्नो बजेट प्रस्तुत गरिसकेका छन् । यसै गरी कालीगण्डकी गाउँपालिकाको तर्फबाट संविधानको मर्म र भावना अनुरुप चौथो पटक सम्मानित सातौं गाउँ सभासमक्ष आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्न पाउँदा आफुलाई गौरवान्तित महसुस गरेकी छु ।

२. राष्ट्रका विभिन्न आन्दोलनमा राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, लोकतन्त्र तथा सामाजिक परिवर्तनका लागि बलिदान गर्ने अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)ले स्वदेश तथा विदेशमा जीवन गुमाउनु हुने सम्पुर्ण दिदीबहिनी तथा दाजुभाईहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दछु । कोरोना भाईरसबाट संक्रमित हुनु भएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई शीघ्र स्वास्थ लाभको कामना गर्दछु । मुलुकको परिवर्तनका लागि भएका सबै प्रकारका आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुहुने सबै राजनितिक अग्रजप्रति सम्मान व्यक्त गर्न चाहन्छु । साथै घाइते, बेपत्ता योद्धा एवं पीडित परिवार र नागरिकप्रति सम्मान व्यक्त गर्दछु । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोगको संक्रमणको कारण हाल मानव सभ्यता तथा मानव जाति माथि नै अकल्पनिय संकट आईपरेको छ । यस माहामारी विरुद्ध कालीगण्डकी गाउँपालिका आफ्नो सम्पूर्ण क्षमता, स्रोत र साधनका साथ जुधिरहेको यो कठिन समयमा कालीगण्डकी गाउँपालिकाको सातौं अधिवेशनमा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेट चौथो पटक प्रस्तुत गर्दैछु । प्रस्तुत बजेटले कोरोना भाईरसबाट कालीगण्डकीवासीको जीवन रक्षा गर्ने र शिथिल भएको अर्थतन्त्रलाई टेवा पुर्र्याउने मुल लक्ष्य लिएकी छु ।

सभाध्यक्ष महोदय,
आर्थिक वर्ष ०७७/०७८ को बजेट तर्जुमा क्रममा गाउँसभाले पारित गरेको आर्थिक वर्ष ०७७/०७८ को निति तथा कार्यक्रमलाई केन्द्रविन्दुमा राख्दै , नेपालको संविधान, स्थानिय सरकार सञ्चालन ऐन २०७४, अन्तर सरकारी वित्त हस्तान्तरण ऐन, संघिय र प्रादेशिक आवधिक योजना, स्थानीय ऐन तथा कानुन, गाउँपालिकामा रहेका विभिन्न समितिहरुहरुको सुझावहरु, वडा समितिवाट आएका वजेट कार्यक्रम तथा सुझावहरु, गाउँपालिका क्षेत्रभित्रका विषयविज्ञ, सम्पूर्ण निर्वाचित पदाधिकारीहरु, राजनैतिक दल, नागरिक समाज, विभिन्न समूह, संगठन तथा गैरसरकारी संस्था तथा कर्मचारीहरुबाट प्राप्त सुझाव सल्लाहलाई समेत मार्गदर्शनको रुपमा लिएकी छु । दिगो विकासको लक्ष्य प्राप्ति एवं गाउँपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट तर्जुमा गरेकी छु ।

सभाध्यक्ष महोदय,
३. आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्नु अघि चालु आ.व. को संक्षिप्त समिक्षा प्रस्तुत गर्न चाहन्छु ।

(क) स्थानिय सरकारको अनुभव सँगसँगै विकासले गति लिईरहेको अवस्थामा कोराना भाईरस (कोभिड–१९)को विश्व महामारीले आक्रान्त पार्दै गर्दा हाम्रो विकासको गतिमा पनि स्वभाविक रुपमा असर पर्न गएको छ । देशब्यापी रुपमा रहेको बन्दाबन्दिले साना तथा ठुला योजनाहरु प्रभावित बन्न पुगेका छन् । भने अर्कोतिर कोरोना भाईरस (कोभिड–१९) को त्रासले तालिम तथा सीपविकासमा अवरोध उत्पन्न हुँदा गा.पा.को अपेक्षाकृत प्रतिफल प्राप्त गर्न बाधा पुगेको छ । योजनाको मोडललाई परिवर्तन गरी साना ठुला प्रकृतिका योजना तथा पालिका गौरवका योजनाहरुमा विभाजन गरी पालिकाको भोलिको विकासको गन्तव्य समेत देखिने गरीनै चालु आर्थिक वर्षमा गाउँपालिकाको विकासले एउटा छुट्टै दिशा–निर्देश गरेको व्यहोरा यहाँहरुलाई अवगत भएकै कुरा हो ।
(ख) चालु आर्थिक वर्षको असारमा बजेट प्रस्तुत गर्दै गर्दा गाउँपालिकाको जम्मा बजेट रु ४१ करोड ८ लाख ९७ हजार ८ सय ८२ भएकोमा गाउँपालिकाको विशेष पहलमा आर्थिक वर्षको पछिल्लो समयमा भएपनि वजेट थप गर्न सफल भएका कारण माघ २९ गतेको छैटौं गाउँसभामा संशोधित बजेट रु ५२ करोड ६४ लाख ३९ हजार २६ रुपैयाँ पुगेको छ । वर्षको अन्त्य तिर प्राप्त वजेट शिलिङ तथा कार्यक्रमहरुलाई पनि आर्थिक ऐन, नियम र कार्यविधि बमोजिमनै यथाशक्य छिटो सुरुवात गर्नेगरी कार्यक्रमहरु अगाडी वढायांै, जसको वावजुत संघ, प्रदेशवाट प्राप्त समपुरक, विशेष तथा साझेदारीका सबै योजनाहरु अहिले पनि सञ्चालनमा रहेका छन । जेठ मसान्त सम्म चालु तर्फ १९ करोड २३ लाख २१ हजार १६ रुपैया तथा पूँजीगत तर्फ ५ करोड ८ लाख ९९ हजार ३ सय ३५ गरी जम्मा २४ करोड ३२ लाख २० हजार ३ सय ५२ खर्च भएको छ । कोरोना भाइरस साथै थप प्रतिकुल समस्या नआएमा असार मसान्त सम्ममा ४७ करोड ५९ लाख ४० हजार ७ सय ८४ अर्थात ९०.५ प्रतिशत खर्च हुने प्रक्षेपण गरेकी छु ।

(ग) चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा जल विद्युत रोयल्टी, विभिन्न कर, दस्तुर तथा शुल्क वापत गाउँपालिकाले रु ४ करोड ९० लाख ७९ हजार २ सय ३२ रुपैया ६६ पैसा रकम संकलन गर्न सफल भएका छाैं।
(घ) कालीगण्डकी गा.पा.को. विकासले तिब्र गति लिदै गर्दा कोरोना भाईरस का कारण केही धक्का लागेको महशुस गरेकी छु र स्थानीय सरकारको अभ्यास गर्दै गर्दा कानुन निर्माण गर्ने क्रममा हाल सम्म ८ वटा ऐन, २ वटा नियमावली, २ वटा निर्देशिका, ९ वटा कार्यविधि र १ वटा आचारसंहिता जारी भएको छ ।
(ङ) गाउँ कार्यपालिका, वडा कार्यलय तथा अस्पताल निर्माणको लागि जग्गा खरिद तथा भवन निर्माणको लागि बजेटको विनियोजन गरिएकोमा उल्लेखित कामहरु प्रकृयामा रहेको हुँदा विनियोजित केही रकम खर्च नहुने अवस्थामा रहेको छ, संघ तथा प्रदेश सरकारवाट ढिलो गरी अख्तियारी आएका कारणले गर्दा पनि केही रकम आगामी वर्षमा अल्या भई सर्न जाने व्यहोरा समेत यहाँहरु समक्ष पेश गर्न चाहान्छु ।

४ केही उल्लेखनिय कार्यहरुको सुरुवात समेत हामीले गरेका छाैं । प्रदेश सरकार र कालिगण्डकी गाउँपािलकाले अवलम्बन गरेको “एक घर एक धारा हाम्रो अभियान” भन्ने नीतिलाई सून्यवाट सुरु गरि हाल सम्म २००१ घरधुरीमा पु¥याईएको छ । यस बर्ष थप १५०० घरधुरीमा एक घर एक धारा जडान गरिनेछ । ३.५ कि.मी. सिंचाइको कुलोहरु र पोखरीका कामहरु सम्पन्न भै सकेकोछ । लर्सघाबेसी, प्युघाफाँट, बारीचौर, बेल्टारी, फाँट जरुवा सिंचाई, टङलेहवा, किपट, मिर्मी हिउँदे सिचाईंको डि.पि.आर तयार भै यसै वर्ष देखि कार्य प्रारम्भ हुनेछ । विर्घामा भूमिगत सिंचाईको अध्ययन सुुरु गरिएकोछ । मिर्मी–विर्घा हँुदै रानीघाट सडक र मिर्मी–वैघा–रिडी सडक कालोपत्रे यसै आ.व.मा सक्ने गरी तयार भएको तर कोरोना भाईरसको कारणले सम्पन्न नभएकाले अन्तिम चरणमा रहेको छ ।

४.१ मिर्मी–भुुष्टुङ–रुद्रवेणी सडकको लौजा पहिरो खोल्ने काम सम्पन्न गरि हाल स्तर उन्नति गर्ने कार्य भै राखेको छ । आगामी आ.व.मा कालो पत्रेको लागी नेपाल सरकारबाट बजेटको सुनिश्चित भैसकेकोछ ।

४ंं.२ गहलाम–पुच्छार–खहरे हुदैँ गोक्रुङ्गा सडक र छाप–दब्छे–वैघा हुँदै रिडी सडकको स्तरोन्नति भै कालो पत्रेको लागी निर्माण प्रक्रियामा छ ।

४.३ जैपते–लिहाक–इमशिल–बारीचौर–टङ्ल्याहा–सटुका–प्युघा हुदै रिडि सडकको स्तर उन्नति भैरहेकोछ । जस्को कारणले रानीघाटदेखि काला ओडार र हटिया सम्म बस संचालनमा आईसकेको छ । टङ्ल्याहादेखि बटीचौर सम्म र भृगुटुुङ्गेश्वर देखि कोटाकोट सम्म केही ट्रयाक खोल्न बाँकी छ ।

४.४ मालुङ्गा–बेल्टारी–बारीचौर हुदै रिडी सडक शालीकराम लोक मार्गको रुपमा विकास गर्ने काम भै रहेको छ ।

४.५ रुद्रबेणी–देउराली–रानीघाट सडकको सटुका–रानीघाट खण्ड जोड्ने कार्य सम्पन्न भएको छ ।

४.६ रुद्रवेणी–ठांटी भञ्याङ्–हटिया–रानीघाट सडकको पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाद्धारा विनियोजित रकमले स्तरोन्नति गर्ने कार्य भैरहेको छ ।

४.७ जरुवाफाँटदेखि ठूलो वगर, बर्राचौर देखि किनासघाट सम्म, कोटाकोट ढाव देखि लसर्घा वोग्दीघाट जाने सडक, औलेपानीदेखि कालीमाटी जाने वगरसम्म पहुँच मार्ग रुपमा काम सम्पन्न भएको छ । हाल सम्म ४५.५ कि.मी. सडकको ट्रयाक खोल्ने काम भएको छ भने करिब २०० कि.मी. सडक स्तरोन्नति कार्य भएको छ ।

४.८ जैपते–इम्सिल–रिडी, छाप–दब्छे–सुलसुले, रुद्रवेणी–हटिया–रानीघाट, रुद्रवेणी–देउराली–रानीघाट र गहलाम–बनकशी–खहरे सडकको डिपीआर सम्पन्न भएका छन् ।

५ समृद्धिको आधार पर्यटन पूर्वाधार
५.१ आलमदेवी मन्दिरलाई केन्द्र बिन्दु बनाएर बनाएको डि.पि.आर. सम्पन्न भै चरणवद्ध रुपमा निर्माण काम भैरहेको छ ।

५.२ भृगुतुङ्गेश्वर मन्दिर, शिता पाईला, कोठी ढुङ्गाको डि.पि.आर. सम्पन्न भैसकेको छ ।

५.३ रानीमहल, रुरु क्षेत्र र सेतिवेणीसँग हरेक पूर्वाधारलाई जोड्ने काम भैरहेको छ ।

५.४ कालीगण्डकी शिला, हनुमानथान, बडहरकुनाशिला, कालीगण्डकी उच्चबाँध (आँधीमुहान) सिद्धगुफालाई व्यवस्थित गर्ने कार्य भैरहेको छ । कालीगण्डकी वडा गाउँपालिका ४ को कट्टी भ्यु टावरमा पिकनिक स्पाट र सडकको पहँुच मार्गसहित चरणबद्ध रुपमा निर्माण कार्य भैरहेको छ ।

५.५ वडा नं. ४ को कोलडाँडा र वडा नं. १ को मधुवनमा पार्क निर्माणको प्रक्रियामा छन् ।

५.६ बारीचौर, आलमदेवी र गुरुङ्दीमा होमस्टे संचालनको प्रक्रियामा छ । वडा नं. ५ र ६ का कालीका मन्दिरहरु निर्माणको चरणमा छन् ।

५.७ अहिले कालीगण्डकी गाउँपालिका स्थित कालीगण्डकी ‘ए’ उच्च बांँध अवलोकन लगायत स्टिमर सयर गर्नको लागी बर्षको ८ (आठ) महिना दैनिक करिव ४०० पर्यटकहरु आउने गरेकोमा, यो वर्ष कोरोना भाईरसका कारण चैत्रपछि पर्यटक आउन नसकेकाले पर्यटन विकासमा समेत क्षति पुगेको छ ।

५.८ कालीगण्डकी गाउँपालिका वडा नं ५, ठूला वगरमा तट बन्धन निर्माणको चरणमा छ । कालीगण्डकी गाउँपालिका ५ मा गण्डकी प्रदेश सँग सहकार्यमा एक बहुउद्देश्यीय भवन निर्माण कार्य सम्पन्न भएको छ । १, २ र ३ वडाहरुमा २२५ वटा विद्युतको काठेपोल विस्तापित गर्नुका साथै वडा नं. ३ मा बाँकी रहेको ३ घर परिवारमा विद्युत पु¥याईएपछि गा.पा पूर्ण विद्युतीकरण भएको छ ।

५.९ कट्टी, भ्युुटावर, आलमदेवी पूूर्वाधार विकास, भपेङ खेल मैदान, सिता गुुफा, भृगुतुङ्गेश्वर मन्दिर, कोठी ढुुङ्गा, मिर्मी फनपार्क र गाउँपालिका प्रवेशद्वार गेट कालीगण्डकी ५ डि.पि.आर. डिपीआर तयार भैसकेको छ ।

५.१० कालीगण्डकी गाउँपालिका वडा नं ३ को बारीचौर र बगनासकाली गाउँपालिका पाल्पाको मन्द्रानको बिचमा कालीगण्डकी गाउँपालिकाको अग्लो झोलुङ्गे पुलको निर्माण शुरु भएको छ भने दुवै पुलहरु आगामी वर्ष सम्पन्न हुनेछन् । गहलाम घाटबाट गुल्मी जोड्ने झोलुुङ्गे पुल निर्माण भैरहेको छ ।

५.११ कालीगण्डकी गाउँपालिका वडा नं. ७ बारीचौर र गल्याङ नगरपालिकाको रुपाखानीमा स्याङ्जाकै अग्लो झोलङ्गे पुलको अध्ययन भै रहेको छ ।

५.१२ नेपालकै नमुना तीनकुने झोलुङ्गे पुल स्याङ्जा, पाल्पा र गुल्मी जिल्ला, र कालीगण्डकी नदी र रिडिखोला जोड्ने पुल केही महिनामा नै सम्पन्न हुदैछ ।

५.१३ रुद्रवेणी र रानीघाटमा मोटरेबल पुल निर्माण सम्पन्न भई संचालनमा आईसकेको छन् भने आँधिमुहान आँधिखोलामा, बाँस्टारी–मन्द्रान कालीगण्डकी नदीमा, रिडी पुलक्याम्प कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भैराखेका छन् । बेल्टारी–दर्पुक कालीगण्डकी नदी, चिउरीबोट–अर्गली कालीगण्डकी नदी, अरुवाघाट कालीगण्डकी नदीमा पुल निर्माणको लागी टेन्डर प्रक्रिया सम्पन्न भै काम अगाडी बढेको छ ।

५.१४ गाउँपालिकाको डिजिटल प्रोफाइल निर्माण अन्तिम चरणमा छ ।

६ खेलकुद
१. कालीगण्डकी गाउँपालिकामा एक वटा जिल्ला कै नमुना बहुउपयोगी खेलमैदान र एघार वटा खेल मैदान निर्माणको चरणमा रहेका छन् ।
२. युुवाहरुलाई खेलकुुद प्रति आर्कवषण गराउने उद्देश्यका साथ २ वर्षदेखि गाउँपालिकाको भपेङ बगर खेल मैदानमा अध्यक्षकप खेलकुुद पं्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।

७ स्वास्थ्य क्षेत्र
१. गाउँपालिका भित्रका २ वर्ष मुनिका ५७४ जना बालबालिकाहरुलाई सर्वोत्तम पिठो वितरण गरियो । २२४ जना गर्भवति महिलाहरुलाई आमा र बच्चाको स्वास्थ्यताको लागि लाई निःशुुल्क रुपमा क्याल्सियम चक्की वितरण गरिएको छ । १७७५ जना दीर्घ रोगीहरुलाई बन्दाबन्दीको समयमा निःशुुल्क औषधी वितरण गरिएको छ ।

२. कालीगण्डकी वडा नं. ७ मिर्मीमा १५ शैयाको अस्पतालको आवश्यक जग्गा व्यवस्थापन गरिसकिएको छ, भने अस्पताल संचालनको लागि आवश्यक जनशक्तिको विज्ञापन समेत भैसकेको छ । आगामी वर्ष विशेषज्ञ सेवा सहित अस्पताल संचालनमा आउनेछ । तीनवटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर संचालन गरिएकोछ । जेष्ठ नागरिकहरुलाई टोल टोलमा गई स्वास्थ्य सेवा गत वर्ष देखि संचालनमा छन् । प्रत्येक ६ महिनामा सबै विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क जुकाको औषधी खुवाउने काम भैरहेको छ । विभिन्न संघ–संस्थाहरु मिलेर विभिन्न विषयको विशेष सेवा सहितको स्वास्थ्य शिविरहरु संचालन गरिएको छ । यस गाउँपालिकामा हाल विभिन्न संघ–संस्था मार्फत ३ वटा एम्बुलेन्स सेवा संचालनमा छन् भने गाउँपालिकाको एम्बुलेन्स यही महिनादेखि संचालनमा आउनेछ ।

३. कोरोना भाईरस (कोभिड–१९)लाई नियन्त्रण, रोकथाम र उपचार गर्नको लागि जनता मा.वि, भगवती मा.वि., आदर्श मा.वि., जनहित मा.वि, वीरेन्द्र मा.वि., ध्रुवज्योति मा.वि., वडा नं.७ को वडा कार्यालय र विर्घा स्वास्थ्य चौकी (नवनिर्मित) भवनमा क्वारेन्टाईन संचालनमा ल्याईएको छ । जसमा अहिले सम्म देशभित्र र बाहिर बाट आउनु भएका २५० जनाले सेवा लिइसक्नु भएको छ ।

४. क्यान्सर, मुटु, मृगौला, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाईमर र हेडइन्जुरीको उपचारको लागि अति गरिब विमारीलाई आर्थिक सहयोग भईरहेको छ ।

५. विर्घा स्वास्थ्य चौकी, आलमदेवी स्वास्थ्य चौकी निर्माण सम्पन्न भै सकेको छ, भने कृष्णगण्डकी स्वास्थ्य चौकीको यसै वर्ष काम सुरुवात हुँदैछ । वडा नं. ३ मा स्वास्थ्य चौकी बन्ने सुनिश्चित भैसकेको छ । चण्डीभञ्ज्याङ्ग स्वास्थ्य चौकी निर्माणको अन्तिम चरणमा छ ।

६. स्वास्थ चौकीहरुमा कुनै दिन पनि निःशुल्क औषधीको कमी हुन दिएनौं । साथै ८० वर्ष माथिका ५०० जना जेष्ठ नागरिकलाई सम्मान गरियो ।

७. अपाङ्ग र अति विपन्न वर्गका लागि कार्यक्रम अन्तिम तयारीमा छ ।

८ शिक्षा
१ विद्यालय सुधार कार्यक्रम अन्तर्गत ¬¬विद्यालय शिक्षालाई गुणस्तरीय र भरपर्दो बनाउने क्रममा कालीगण्डकी भित्रका विभिन्न सामुदायिक विद्यालयमा ४ कोठे भवन ७ वटा, ३ कोठे भवन १ वटा, २ कोठे भवन १९ वटा, शौचालय ९ वटा, पुस्तकालय ७ वटा, विज्ञान प्रयोगशाला ७ वटा, कम्प्युटर ल्याव १४ वटा निर्माण भै सकेको छन् भने १३ विद्यालयमा तारबार, सबै विद्यालयहरुमा विद्युतिय हाजिरिको व्यवस्था गरिएको छ । कक्षा ८ सम्म संचालन भएका आधारभूत विद्यालयहरु, सबै माध्यमिक विद्यालय र मिर्मी क्याम्पसमा निःशुल्क इन्टरनेटको सुबिधा प्रदान गरिएको छ । मन्टेश्वरी तालिम लगायत शिक्षकहरुको क्षमता अभिवृद्धि तालिमहरु संचालन गरियो । यस वर्ष गरिने भनेको विषयगत तालिम कोरोना भाईरसको कारणले सम्पन्न गर्न सकिएन । १० वटा विद्यालयहरुमा ‘रुम रु रिड’ कार्यक्रम मार्फत शिक्षण सिकाईका विधिहरु संचालनमा छन् । थप ५ वटा विद्यालयहरुमा गाउँपालिकाकै पहलमा शिक्षण सिकाई कार्यक्रम संचालनमा छन् । वीरेन्द्र मा.वि. जैपतेमा इलेक्ट्रिकल विषयमा प्राविधिक शिक्षाको कक्षा संचालनमा छन् । कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न समपरीक्षणको व्यवस्था गरिएको छ । गाउँपालिका स्तरीय विषयगत समितिहरु गठन गरी अध्यापनलाई अनुसन्धान मुलक बनाउने प्रयास गरिएको छ । सबै परीक्षाहरु गाउँपालिका स्तरिय बनाइएको छ । विद्यालय फूलबारी कार्यक्रम र विद्यालय खेलकुद कार्यक्रम अत्यन्त सफल भएको छ । भगवती नमुना मा.वि.को पूर्वाधार निर्माण कार्य चलिरहेको छ । सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाईदै लगिएको छ ।

२ विद्यालयको शिक्षालाई विशेष जोड दिदै तारवार लगायतको भौतिक व्यावस्थापन, आइसिटी, विज्ञान प्रयोगशाला, माध्यामिक तहमा ईन्टरनेटको पहँुच, विषयगत शिक्षकको लागि तालिम, मन्टेश्वरी तालिमको शुरुवात, विषयगत शिक्षक समितिको निर्माण तथा सबै विद्यालयमा विद्युतिय हाजिरीको व्यावस्थापन आफैमा महत्वपुर्ण कदमको रुपमा मैले लिएकी छु ।
९ कृषि तथा पशु
१. कालीगण्डकीलाई कागती पकेट क्षेत्रको रुपमा विकास गरिएको छ ।
२. ड्रयागन फ्रुटको बगैंचा निर्माण भैरहेको छ ।
३. लिचि, आँप, ड्रयागन फ्रुट, एभोगाडोको विरुवा प्रत्येक खाली जग्गा र घर–घरमा लगाउने अभियान संचालनमा छन् । यस वर्ष १२ हजार ५०० केराहरु ५० प्रतिशत अनुदानमा लगाउने काम सम्पन्न भैसकेको छ । रेशम खेतीको लागि कालीगण्डकी वडा नं. ५ बेल्टारी, वडा नं. १ मा परीक्षणको रुपमा क्याम्बुको विरुवा लगाउने काम भैरहेको छ ।
अप्ठ्यरो भौतिक तथा सामाजिक अवस्थाको बाबजुत पनि सेवा प्रवाहमा चुस्तता, प्रभावकारीता र विशिष्टता गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा विषयगत कार्यालयहरुमा रहेको व्यहोरा समेत सभा समक्ष जानकारी गराउन चाहन्छु । सूचना तथा प्रविधिमा गाउँ कार्यपालिकाको कार्यालय लगायत सवै वडा कार्यलयहरुमा र कक्षा ८ सम्म सञ्चालन भएका विद्यालयहरुमा इन्टरनेटको सुविधा पुग्नु, केन्द्र र वडा तथा विषयगत कार्यलयहरु विचको सम्पर्क तथा पत्राचार इन्टरनेटको माध्याम बाटनै रहनु तथा केन्द्रवाट नै समस्याको समाधान गराइनु सेवा प्रवाहको उत्कृष्ट नमुना रहेको मैले महशुस गरेकी छु ।
यसरी संघिय सरकार, प्रदेश सरकार र कालीगण्डकी गाउँपालिका तिन वटै तहको सरकारको समन्वय र सहकार्यमा यस गाउँपालिकाको समृद्धि लाई अगाडी बढाउने कार्य भइरहेको सभा समक्ष अनुरोध गर्न चाहन्छु ।

सभाध्यक्ष महोदय,
अव म आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटका उद्धेश्य, प्राथमिकता, अवसर, र चुनातीको बारेमा सभा समक्ष पेश गर्न चाहन्छु ।

१०. आर्थिक वर्ष २०७७/०७८ को बजेटका उद्देश्यहरु देहाय बमाजिम रहेका छन् ।
१. कोरोना रोकथाम, नियन्त्रण र उपचार गरी नागरिकको जीवन रक्षा गर्ने,
२. संकटग्रस्त अर्थतन्त्रलाई चलायमान र गतिशिल बनाउनु,
३. आर्थिक अनुशासन र वित्तिय सुशासन कायम गर्नु,
४. उत्पादकत्व वृद्धि गरी कृषिमा आत्मनिर्भर गाउँपालिका वनाउने,
५. पुर्वाधार विकासमा विशेष जोड दिई लगानी गर्ने,
६. जनशक्ति विकासमा प्रथामिकता प्रदान गर्दै रोजगारी सृजना गर्ने,
७. शैक्षिक क्षेत्रको समग्र विकास गर्दै शैक्षिक केन्द्रको रुपमा पालिकालाई विकास गर्ने,
८. धार्मिक स्थलहरुको प्रचारप्रसार गरि पर्यटक भित्र्याई रोजगारी सृजना गर्ने,
९. गाउँपालिकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने,
१०. स्वास्थ्यमा सबैको सहज पँहुच पु¥याउन,
११. समृद्ध गाँउपालिका निर्माण गरी शुखि नागरीक बनाउन,

प्राथमिकता
क. कोरोनाभाइरस (कोभिड–१९)को प्रभावकारी रोकथाम, नियन्त्रण र उपचार को व्यवस्था गर्ने ।

ख. महामारीबाट नागरिकको रक्षा गर्न सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न को परिक्षणलाई व्यापक रूपमा विस्तार तथा गाउँपालिका भित्र नै आइसोलेसन वार्ड निर्माण गरि स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ गरिनेछ ।

ग. विशेषज्ञ सेवा सहित सुविधा सम्पन्न अस्पताल संचालन गर्ने ।

घ. गाउँपालिका भित्रै रोजगारी सृजना गर्ने । वैदेशिक रोजगार गुमाएर फर्केका युवाहरुलाई लक्षित गरी उत्पादनमा आधारित सीप विकास तथा व्यवसायिक बनाउने कार्यक्रमलाई जोड दिईनेछ ।

ङ. गाउँपालिकाको गौरवका आयोजनाहरु तोकीएको समयमा नै सम्पन्न गरिनेछ ।

च. सूचना तथा सञ्चार प्रविधिलाई गाँउ स्तरसम्म बिस्तार गरी प्रविधिमैत्री सेवा प्रवाहलाई निरन्तरता दिईनेछ ।

छ. शीघ्र प्रतिफल दिने र आगामी वर्ष भित्र सम्पन्न हुने अधुरा आयोजनाको कार्यान्वयन गर्ने ।

ज. सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी र सर्वशुलभ बनाई नागरिकको पहुँचमा अभिबृद्धि गर्ने ।

चुनौतिहरु
१. कोरोना भाइरसको महामारी को कारण विकास योजना लगायत विभिन्न सामाजिक कार्यमा प्रभाव पार्नु ।

२. पुरातन सोच, शैली र कुरीतिहरुलाई चिर्दै जनताको विचमा सकरात्मक सोँचको विकास गरी हाम्रा लागि हामीनै विकासमा सहभागिता हुनपर्छ भन्ने सोचाईको विकास गर्ने ।

३. दक्ष, क्षमतावान् र सीपयुक्त मानव संशाधनको विकास मार्फत् गाउँपालिकाको समग्र विकासमा उनीहरुको उपयोग गर्न ।

४. गाउँपालिकाभित्र रहेका मानिसहरुको आय असमानतालाई कम गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्न ।

५. युवाहरुका लागि गाउँमै रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीमा आत्मनिर्भर रहनुपर्ने वाध्यताको अन्त्य गर्न ।

६. पालिका भित्रमा प्राकृतिक स्रोत उपयोग लगायतका क्षेत्रबाट आय अभिवृद्धि गर्न ।

७. समयमा नै बजेट कार्यान्वयन गर्ने परिपार्टी नहुुनु ।

अवसरहरू
१. कोरोना भाइरस ९ऋयखष्म(ज्ञढ० को महामारी को कारण विदेश तथा स्वदेशबाट गा.पा. फर्किउका युवाहरुलाई कृषि उत्पादन तथा विकास निमाणमा आवद्ध गराई सीप र क्षमता अनुसारको रोजगारी सृजना गरी उत्पादन बृद्धि र तीब्र विकास गर्ने ।

२. राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त पर्यटकिय स्थलहरुको थप संरक्षण तथा प्रचार प्रसार गरी प्रशस्त मात्रमा आम्दानी प्राप्त गर्न सकिने ।

३. संघीय सरकार, प्रादेशिक सरकारका विभिन्न स्रोतवाट प्राप्त आम्दानीहरुलाई सहि सदुपयोग गरी ठूला र महत्वपुर्ण आयोजनाहरुको समयमा नै सम्पन्न गर्न सकिने ।

४. गाउँपालिकाको आन्तरिक आय वृद्धिमा सकारात्मक योगदान पु¥याँउन सक्ने कृषि, जडीबुटी, उर्जा, पर्यटन लगायतका स्रोतको पहिचान गरी आय स्रोत बढाउन सकिने ।

५. पालिकाको विभिन्न ठाउँहरुमा लिफ्टिङ सिँचाईको माध्यमबाट सिँचाईको सर्वसुलभ उपलब्धता गराउन सकिने ।

६. स्थानीय स्रोतसाधनमा आधारित लघुउद्यम, सहकारी तथा समुहहरु निर्माण गरी स्थानीय युवाहरुलाई र स्वरोजगारको वातावरण सिर्जना गर्न सकीने ।

७. उद्योग ग्रामको स्थापना गरी तत्काल पालिकावाट निर्यात समेत गर्न सकिने उद्योगहरुको स्थापना गर्न सकिने ।

८. शैक्षिक संघ–सस्थाको समग्र विकास गरी पालिकालाई शैक्षिक नमुना पालिकासमेत वनाउने ।

९. जलविद्युत, आयोजना, र प्राकृतिक स्रोत साधन समेतको उच्च उपयोग गरी आन्तरिक आय अभिवृद्धि गर्ने ।

सभा अध्यक्ष महोदय,
अब म आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटको लागि राजश्व तथा स्रोत अनुमान पेश गर्न गइरहेकी छु ।

१०. आर्थिक वर्ष २०७७/०७८ को लागि संघीय सरकारवाट प्राप्त शसर्त अनुदान चालु २० करोड ३ लाख, वित्तीय समानीकरण तर्फ रु ९ करोड ६१ लाख, राजश्व बाँडफाँड तर्फ ६ करोड ४९ लाख २९हजार ६ सय २० , समपुरक अनुदान १ करोड ४३ लाख, विशेष अनुदान १ करोड ६० लाख, गण्डकी प्रदेश सरकार बाट प्राप्त वित्तीय समानीकरण अनुदान १ करोड २० लाख ८३ हजार, राजश्व बाँडफाँड तर्फ २८ लाख ७० हजार, विशेष अनुदान रु ५० लाख, समपुरक अनुदान १ करोड, तथा जल विद्युत राजश्व वाँडफाड आन्तरिक आम्दानी तथा अल्या समेत रु ७ करोड ५२ लाख ४३ हजार ४ सय ११ गरी जम्मा अनुमानित ४९ करोड ६८ लाख २६ हजार ३१ रुपियाँको आम्दानी प्रस्ताव गरिएको छ ।

सभा अध्यक्ष महोदय,
अव म आर्थिक वर्ष ०७७/०७८ मा कर, शुल्क तथा दस्तुरका वारेमा सभा समक्ष पेश गर्ने अनुमति चाहन्छु ।

११. आर्थिक वर्ष २०७७/०७८ को लागि शुल्क दस्तुर तथा जरीवानाको दरमा खासै परिवर्तन नगरी चालु आर्थिक वर्ष २०७६/०७७ को दरले नै राखेकी छु । यद्यपी चालु आर्थिक वर्षको आर्थिक ऐनले नसमेटेका केही क्षेत्रमा भने शुल्कको दायरा फराकिलो बनाईएको र अन्य कर तथा शुल्क यथावत राखिएको छ ।

सभा अध्यक्ष महोदय,
अब म आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन कार्यक्रमहरुको बारेमा सभा समक्ष पेश गर्ने अनुमति चाहन्छु ।

१२. शिक्षा र स्वास्थ्यमा जोड दिदै वितरणमुखी भन्दा उत्पादन उन्मुख, रोजगार उन्मुख तथा पूर्वाधारमा जोडदिनुका साथै मानवस्रोत साधनको विकास गर्ने तर्फका योजनाहरुमा जोड दिएकी छु । आर्थिक वृद्धीले मात्र समृद्धी हुने होइन अव आर्थिक विकास तर्फ गाउँपालिका अग्रसर हुन पर्छ भन्ने मैले महशुस गरेकी छु ।

१३. जम्मा विनियोजित रकमको चालुतर्फ २८ करोड ३७ लाख २६ हजार ३१ रुपैया अर्थात ५७ प्रतिशत रकम विनियोजन गरेकी छु जस अन्तर्गत सशर्त तर्फ विनियोजित सवै रकम चालु शिर्षकमा समाहित भएको व्यहोरा समेत अनुरोध गर्न चाहन्छु । भने पूँजीगत तर्फ २१ करोड ३१ लाख रुपैया अर्थात ४३ प्रतिशत रकम विनियोजित गरेकी छु ।

१४. विनियोजित पुँजीगत रकममध्ये वडा स्तरिय आयोजना कार्यक्रमको लागि रु २ करोड ४५ लाख विनियोजन गरेकी छु भने बाँकी १८ करोड ८६ लाख पालिका स्तरिय तथा पालिका गौरवका योजनाहरुमा विनियोजन गरेकी छु ।

१५. शिक्षा तर्फ गण्डकी प्रदेश सरकारबाट ध्रुर्वज्योति मा.वि. मर्मत रु १ लाख ५० हजार, जनहित मा.वि. मर्मत रु १ लाख ५० हजार, सरस्वती मा.वि. घेरावार रु ३ लाख, सिर्जना आ.वि. घेरावार रु ३ लाख तथा जनता मा.वि. खानीपानी रु १ लाख ५० हजार को व्यवस्था मिलाइएको छ ।

१६. त्यसैगरि जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत आदर्श आ.वि. शौचालय, आदर्श मा.वि. ४ कोठे भवन, किपट आ.वि. २ कोठे भवन र शौचालय, कोटाकोट आ.वि. ४ कोठे भवन र शौचालय, चन्द्रोदय आ.वि. २ कोठे भवन र शौचालय, जनता मा.वि. खानेपानी, दुर्गा आ.वि. २ कोठे भवन, ध्रुर्वज्योति मा.वि. ४ कोठे भवन, शौचालय र खानेपानी, प्युघा मा.वि. ४ कोठे भवन, शौचालय र खानेपानी, मिर्मी आ.वि. ४ कोठे भवन, शौचालय र खानेपानी, विरेन्द्र मा.वि. ४ कोठे भवन, शिव २ कोठे भवन, सूर्योज्योति आ.वि. ३ कोठे र खानीपानी, सृजना आ.वि. शौचालय र खानीपानी को व्यवस्था मिलाइएको छ ।

१७. नेपाल सरकार मार्फत मिर्मी भुष्टुङ्ग – रुद्रवेणी सडकको भुष्टुङ्ग – रुद्रवेणी खण्डलाई कालोपत्र विनियोजन, गण्डकी प्रदेश सरकारवाट, मालुङ्गा – वेलटारी – वारीचौर रिडि सडक, शालिकराम लोकमार्ग रु १ करोड, छाप – दव्छे – सुलसुले वैघा सडक रु ५० लाख, जैपते इमशिल – वारीचौर – रिडि सडक रु ५० लाख, अरुवा – वैघा रानीघाट सडक रु ५० लाख मातृभुमि पुस्तकालयलाई १० लाखको रकम विनियोजन भई कार्यान्वयनको व्यवस्था मिलाइएको छ ।

१८. नेपाल सरकार मार्फत ढुसखोला (आलमदेवी) लिफ्टीङ्ग.खा.पा. लागि आवश्यक रकम, कालीगण्डकी वृहत खा.पा., सिमलवगर खा.पा लागि व्यवस्था मिलाइएको छ । खानेपानी तर्फ दव्छे, मिर्मी विर्घा १,२ , मौला , छिस्दी किपट, मिर्मी वारीचौर लसर्घावेशी र कोटाकोट, इमशिल, लिहाक, भगवती टोल, चार घर खा.पा. लाई प्रदेश सरकारबाट व्यवस्था मिलाइएको छ ।
त्यस्तैगरी खोर्दी सिचाइ, सटुका सिचाइ, विर्घा भुमिगत सिचाइ, मिर्मी लिफ्टिङ सिंचाइ , तल्लो र माथिल्लो घाकुर कुलो लाई गण्डकी प्रदेश सरकारबाट व्यवस्था मिलाइएको छ ।

सभा अध्यक्ष महोदय,
अब म सर्शत तर्फ विनियोजित रकम वाहेक निशर्त तर्फको रकमलाई शिर्षकगत रुपमा विनियोजीत रकम तथा कार्यक्रमको वारेमा सभा समक्ष पेश गर्ने अनुमति चाहन्छु । आर्थिक विकास तर्फ कृषि तथा पशुमा रु १ करोड, जल स्रोत तथा सिंचाईमा ८० लाख, खानेपानी तथा सरसफाईमा ८० लाख, पर्यटनमा ४० लाख र सहकारीमा १० लाख गरी जम्मा ३ करोड १० लाखको व्यवस्था मिलाएकी छु ।
त्यस्तै पूर्वाधार विकासतर्फ वडागत योजनामा २ करोड ४५ लाख, सडक मर्मत सम्भार कोष तर्फ रु ५० लाख मात्र, नयाँ ट्याकहरु खोल्ने तर्फ रु ४० लाख, सहायक मोटर बाटो स्तोरन्नती तर्फ ७० लाख, छाप दब्छे मोटरबाटो समपुरक तर्फ १ करोड ४३ लाख, झागे देउराली घडी पोखरा गहलाम सडक समपुरक तर्फ ५० लाख, रुद्रवेणी – आलमदेवी देउराली – रानीघाट सडक तर्फ १० लाख, रुद्रवेणी – ठाटी भञ्ज्याङ – हटिया प्युघा हुदै रानीघाट सडक तर्फ २० लाख, गाउँपालिका समपुरक तर्फ १ करोड, प्रशासकिय भवन निर्माण तर्फ ४ करोड सञ्चार तथा प्रविधी तर्फ ३० लाख गरी जम्मा रु ११ करोड २८ लाख विनियोजन गरेकी छु ।

त्यस्तै सामाजिक विकास तर्फ शिक्षामा १ करोड, स्वास्थ्यमा १ करोड, लक्षित वर्ग कार्यक्रम तथा क्षमता विकास तालिममा ४० लाख, खेलकुदमा ५० लाख गरी जम्मा २ करोड ९० लाख विनियोजन गरेकी छु । गाउँपालिका प्रोफाइल निर्माण तर्फ १५ लाख, संस्थागत विकास तर्फ ४० लाख, कोरोना रोकथाम तथा नियन्त्रण कोष तर्फ ५० लाख, विपद व्यवस्थापन कोष तर्फ ३० लाख कार्यालय संचालन तथा प्रशासनिक चालु खर्च तर्फ ६ करोड ४९ लाख २६ हजार ३१ विनियोजन गरिएको छ ।
वडा स्तरिय आयोजनाको विस्तृत विवरण अनुसुचीमा संलग्न छ । वडाबाट प्राप्त हुन आएका अन्य आयोजनाको हकमा विस्तृत विवरण आयोजना बैंकको रुपमा समावेश गरिएको छ ।

अन्त्यमा,
बजेट निर्माणको क्रममा सहयोग पु¥याउने गाउँपालिका अध्यक्ष ज्यू , वडा अध्यक्ष ज्युहरु , कार्यपालिकाका सदस्यज्युहरु, वडा सदस्य ज्युहरुका साथै अहोरात्र खटिनु भएका गाउँपालिकाका कर्मचारी साथीहरुप्रति म धेरै आभारी रहेकी छु । बजेटको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको पुर्ण सहयोगको अपेक्षा सहित बिदा हुन्छु ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…