गुठी विधेयक पुन: ल्याउछाै‌ं -मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गाहरु संरक्षण गर्नका निम्ति लागिरहेकाे बताएकी छिन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन समितिले तयार गरेको मस्यौदा अध्ययन प्रतिवेदनमाथि आज आइतबार समितिले गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

गुठीका जग्गाहरु राज्यले पनि नियन्त्रण गर्न नसकिरहेको भन्दै मन्त्री अर्यालले आफू मन्त्रालयमा आइसकेपछि संरक्षणका निम्ति लागिरहेको बताइन् । गुठी संरक्षण गर्नका निम्ति नै सरकारले गुठी विधेयक ल्याइएको कुरा दोहोर्यांउदै त्यो अहिले फिर्ता गएपनि पुनः ल्याउने तयारीमा सरकार रहेको बताइन् ।  

गुठीमा राज्यले सिधै हस्तक्षेप गरेर प्रयोग गर्न पाउने खालको व्यवस्था पनि नभएको भन्दै उनीले गुठी फरक प्रकृतिको मौलिक विषय भएकाले यसलाई फरक ढंगले नै व्यवस्थित गर्नुपर्ने बताइन् । मन्त्री अर्यालले भनिन्, ‘अरु सरकारी, सार्वजनिक जग्गामा जस्तो गुठीमा राज्यले सिधै हस्तक्षेप गर्न सक्दैन ।’

पुर्खाहरुले परोपरकारी भावनाका साथ गुठीमा जग्गा दान गरेको भन्दै उनीले पुर्खाले गरेको दान अहिले विभिन्न व्यक्तिहरुले खोस्ने, अतिक्रमण गर्ने, आफ्नो बनाउने काम भइरहेको बताइन् । ‘जुन मनसाय, परोपकारी भावनाका साथ धार्मिक उद्देश्यले पुर्खाहरुले दान गरे । त्यसको संरक्षण गर्ने काममा लाग्नुपर्छ भनेर हामी लागीपरेका छौ’, मन्त्री अर्यालले भनिन् ।

सरकारी, सार्वजनिक, गुठीको जग्गा संरक्षण गर्नका निम्ति मन्त्रालयले जाँचबुझ आयोग बनाएर अहिले काम भइरहेको उनीले जानकारी दिइन् ।

मुलुकभरकै गुठीका जग्गाहरु असुरक्षित भएको भन्दै उहाँले अतिक्रमण भएका जग्गाहरु फिर्ता ल्याउन सरकार लागिरहेको बताइन् । गुठीका जग्गासँग जोडिएका मोहिहरुको हक स्थापित गर्नुपर्ने भन्दै मन्त्री अर्यालले मर्कामा परेका किसानहरुलाई न्याय दिनुपर्ने ठूलो जिम्मेवारी रहेको बताइन् ।

 ‘धर्म संस्कृतिको रक्षा गर्ने, गुठीको जग्गाको संरक्षण गर्ने र गुठीका जग्गासँग जोडिएका किसानहरुको हकलाई स्थापित गर्ने कुरालाई व्यवस्थित गर्ने कुरा छ’, मन्त्री अर्यालले भनिन्, ‘यी तिनवटै कुरालाई व्यवस्थित गर्ने कार्ययोजना सहित हामीले गुठी विधेयक ल्याएका थियौं । तर त्यो फिर्ता ल्याउनुपर्यो  ।’

यी सबै कुरालाई सम्बोधन गर्ने कानुन ल्याउन नसक्दासम्म समस्याको समाधान नहुने मन्त्री अर्यालले बताइन् । समस्या समाधान गर्ने भनेको विधि विधानबाटै भएको भन्दै उनीले यही कुराको शुरुआत मन्त्रालयले गरेको बताइन् । ‘गुठी विधेयक रोकिएको यहाँहरुलाई थाहै छ । तर हामी पुनः ल्याउछौ’, मन्त्री अर्यालले भनिन्, ‘मन्त्रालय एकीकृत भूमि ऐन ल्याउन समिति बनाएर काम अगाडी बढाएको छ । त्यसमा यो भूमि ऐन पनि समावेश छ ।’

मन्त्री अर्यालले आफू समस्याको चाङमा रहेको समेत बताइन्। ‘देशभर २ हजार बढी गुठी छन् । उपत्यकामा मात्र ५ सय गुठी छन् । सहकारीतर्फ ३५ हजार बढी सहकारी छन् । सरकारी, सार्वजनिक जग्गाको हालखबर त्यस्तै छ । मालपोत नापीको हालखबर पनि त्यस्तै छु’, मन्त्री अर्यालले थपिन्, ‘म त एकदमै समास्यै समस्याको चाङमा, बेथितीको भुंग्रोमा छु । कति सुधार्न सकिन्छ सुधार्न लागिपरेका छौ ।’ समस्याले घेर्दै आएको भएपनि सुधार गर्नका निम्ति आत्मविश्वासका साथ लागिपरेको मन्त्री अर्यालको भनाइ थियो ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…