पत्रकार कृष्ण पाण्डेको सडक दुर्घट्नामा मृत्यु

बुटवल । सडक दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्ण बाबु पाण्डेकाे ज्यान गएको छ । सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तम–१ ड्राइभर टोलमा गएराति भएको कार दुर्घटनामा परी न्यूज २४ का टिभी जर्नलिस्ट पाण्डेले ज्यान गुमाएका हुन् ।

राति बुटवलदेखि आफ्नो घर ड्राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटनामा परी घाइते पाण्डेलाई बुटवलको चोराहा अस्पतालमा लगिएको थियो ।

३० वर्षीय पाण्डेको उपचारको क्रममा शनिबार राति करिब १ बजे अस्पतालमा ज्यान गएको पत्रकार शिव डुम्रेले जानकारी दिए । उनको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

उनी पत्रकारिता साथै कलाकारिता पेशामा संलग्न थिए । बुलबुल मिडिया प्रा.लि.द्वारा सञ्चालित पावरन्यूज नेपालका प्रकाश समेत हुन् । उनले दर्जनौ गीतका म्यूजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

विगत एक दशकदेखि बुटवललाई कर्मथलो बनाउँदै आएका पत्रकार पाण्डे श्रीमतिसँग बुटवल बस्दै आएका थिए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…