स्याङ्जामा पनि देखियो सलह, एककिलो मार्नेलाई १०० रुपैयाँ

स्याङ्जा । स्याङ्जामा पनि सलह किरा देखिएको छ । आइतबार कालीगण्डकी गाउँपालिकामा सलह देखिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा मगरले जानकारी दिएका छन् ।

साँझ लगभग साढे ४ बजेतिर गाउँपालिकाको सटुक, खोरबीर, प्युघा, छापडाँडा, बाँस्टारी, गुरुङ्दी लगायतका क्षेत्रमा सलह देखिएको अध्यक्ष थापाले बताए ।

कालीगण्डकीमा पाल्पा हुदै दुई समूहमा सलह किरा प्रवेश गरेका छन् । सटुक, खोरबीर, प्युघा, छापडाँडामा एक समूह र बाँस्टारी, गुरुङ्दी क्षेत्रमा अर्को समूहमा सलह देखिएको स्थानीय कृष्ण लामिछानेले बताएका छन् । थापाका अनुसार दुई समूह करिब ४ लाख सलह स्याङ्जा प्रवेश गरेका छन् ।

गाउँपालिकामा सलह देखिएपछि सलह मार्नेलाई एककिलो बराबरको एकसय रुपैयाँ दिने निर्णय भएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ । ‘अचनाक गाउँपालिकामा सलह देखापरेपछि सहल मार्नेलाई १०० रुपैयाँ दिर्ने निर्णय गरेका छौं,’ गाउँपालिकाका अध्यक्ष थापाले भने ।

अहिले सलह आकाशै उडिरहेका छन् । स्थानीयले धुँवा, मुस्लो थाल, टिन बजाएर सलह धपाइरहेका छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…