अन्याय र अपमानको विष पिएरै भएपनि समृद्ध राष्ट्र निर्माणको महान अभियानमा आफूहरुलाई समर्पित गराैं

वि.सं १९९४ सालमा जन्मनु भएको मेरो हजुरबुवाले जहानियाँ राणा शासनका विरुद्ध आफ्नो युवा अवस्था खर्चनु भयो । वि.सं २०२८ सालमा जन्मिनु भएको मेरो बुवाको अधिकांश उर्जाशील समय पन्चायत र राजतन्त्रका विरुद्ध खर्च गर्नुभयो । वि.सं २०५९ सालमा जन्मिएको म, मेरो युवा अवस्थासम्म आइपुग्दा मसँग मेरो हजुरबुवाले चाहेको प्रजातन्त्र र मेरो बुबाले चाहेको गणतन्त्र पनि छ ।

अझ, भनौं भने थप मसँग जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान र जनादेश प्राप्त स्थिर सरकार पनि छ । तर यी सबैको आडमा नयाँ नेपाल बन्छ भनि हिजो मेरो हजुरबुवा ठगिनु भयो, आज मेरो बुवा ठगिनु भयो र भोलि फेरि म ठगिने कि नठगिने यो प्रश्नको उत्तर सरकारसँग होइन, मसंग छ ।अर्थात मेरो पुस्तासंग छ ।

हिजो बाहरुसँग विकल्पहरु थिएनन्, हामीसँग त आज पाइलै पिच्छे विकल्पहरु छन् । कहिलेसम्म हामी नेताहरुलाई मात्रै गाली गर्ने ? एकपटक आफ्नै छातीमा हात राखेर के हामी भन्न सक्छौं त यो देशको एक असल नागरिक हो म भनेर । विमति, निराशा र असन्तुष्टिहरु हामी सबैसँग छन् तर आउनुहोस् युवा साथीहरु एक पटक अन्याय र अपमानको विष पिएरै भएपनि समृद्ध राष्ट्र निर्माणको महान अभियानमा आफूहरुलाई समर्पित गराैं ।

एउटा यस्तो लडाइँ लडौ जुन नेपाली इतिहासमा सरकार विरुद्धको अन्तिम लडाइँ बनोस् । तर यो लडाइँ व्यवस्था विरुद्ध होइन हिजो हामीले राणा, राजा हुँदै गणतन्त्रसम्म आइपुग्दा भोगेको शासक वर्गको नियति र प्रवृत्ति विरूद्ध हुनेछ । अरु संघर्षहरुभन्दा यो हर तरिकाले भिन्न हुनेछ । हामी सडकबाट होइन सरकारको सहयात्री बनेर सरकारभित्रैबाट संघर्ष गर्ने छौं । हामी कानुनले दिएको घेराभित्र रहेर सरकारलाई पर्दा सल्लाह र गाली दुबै दिनेछौं । सरकारसंग जवाफदेहिता पल पलमा खोज्नेछौं ।

एउटा यस्तो लडाइँ लडौ जुन नेपाली इतिहासमा सरकार विरुद्धको अन्तिम लडाइँ बनोस् । तर यो लडाइँ व्यवस्था विरुद्ध होइन हिजो हामीले राणा, राजा हुँदै गणतन्त्रसम्म आइपुग्दा भोगेको शासक वर्गको नियति र प्रवृत्ति विरूद्ध हुनेछ । अरु संघर्षहरुभन्दा यो हर तरिकाले भिन्न हुनेछ । हामी सडकबाट होइन सरकारको सहयात्री बनेर सरकारभित्रैबाट संघर्ष गर्ने छौं । हामी कानुनले दिएको घेराभित्र रहेर सरकारलाई पर्दा सल्लाह र गाली दुबै दिनेछौं । सरकारसंग जवाफदेहिता पल पलमा खोज्नेछौं ।

राष्ट्रसेवक कर्मचारी बनेर अब कार्यालय छिर्ने एउटा युवक आफूसँगै सिङ्गो कार्यालयलाई ईमान्दार बनाउने कसम खानेछ । एउटा प्रहरी जवान नागरिकको भरपर्दो साथी बन्ने वाचा गर्नेछ । डाक्टरहरु कलियुगमा जीवित देवता बन्ने सङ्कलप गर्नेछन् । शिक्षकहरु ज्योति बनेर उज्यालो छर्नेछन् । कला–साहित्यका अनुरागीका कलमहरु निष्पक्ष हुनेछन् अनि न्यायका लागि अड्डा र अदालतमा जनताले झोली थाप्नु पर्नेछैन ।

हामी हिजोका दिनमा स्विजरल्याण्ड र सिंगापुर बनाउछौं भन्दै चोक–चोकमा भाषण गर्दै हिड्ने हाम्रा नेताहरुलाई मौलिक नयाँ नेपालको मोडालिटी हस्तान्तरण गर्नेछौं । त्यसैले युवा साथीहरु आउनुहोस् हातमा हात मिलाउँ,

‘जन्मेको काखको आज कर्जा चुकाउने बेला भयो
अझै पनि निदायौ भने भूमिले भन्छ, ढिला भयो ।’

समयको लामो कालखण्ड हामीले सरकारको परीक्षा लियाैं । एकपटक हामी आफैले परीक्षा दिएर हेर्ने कि ? बरिष्ठ साहित्यकार सरुभक्तले आफ्नो पुस्तक पागल बस्तीमा भनेका छन् ‘हामीसंग सुन्दर प्रकृति छ तर सौन्दर्य चिन्तन छैन ।’ देश–विदेशमा रगत बगाएर तमाम युवाहरुले बटुलेका त्यी अनेकन चिन्तनहरुलाई एकपटक यो उर्वर भूमिमा खनाएर हेराैं त !

यसको उत्पादन अपेक्षा गरिएभन्दा कयौ गुणा बढी आउने छ । दोषी चस्मालाई फुकालेर हेरौ त ! प्रतिकूलताहरु भित्र पनि अनेकन सम्भावनाहरु देखिने छन् । हिजो हजुरबुवा र बुवाले संघर्ष गर्नु भयो, आज अन्तिम संघर्ष गर्न म पनि तयार छु । म कल्पना गरिरहेछु जीवनको कुनै क्षण यस्तै विचारहरु कसको मनमा पो नआएको होला र ? तर त्यी कल्पनाहरूले किन कुनै आकार पाएनन् ? यसपटक आकार दिएर हेरौं त । तपाइँले अरुको रक्षार्थ हतियार बोकिरहेको त्यी इराक र अफगानिस्तानमा तपाइँका छोराछोरी बुद्धको सन्देश बोकेर गएको । नारीलाई बन्दकी राखेका त्यी देशहरुमा सीता र गार्गीको सन्देश बोकेर गएको । नासामा हाम्रा ग्रन्थहरु अंग्रेजीमा उल्था गरिरहेको । बिजुलीपानी बेचिरहेको । हाम्रा पाखापखेराहरुमा बहुदेशीय कम्पनीहरु स्थापना भएको । त्यसैले कहीँ कतै हामी अबेर पो गरिरहेका छौं कि ?

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…