छाङछाङदीमा भोलि एकादशी स्नान नहुने

कला राना । यसपटकको एकादशीमा छाङ्छाङ्दी मन्दिरमा स्नान तथा पुजापाठका लागि नहुने भएको छ ।

भोलि असार १७ गते मनाईने एकादशीका अवसरमा हुने स्नान तथा पुजापाठ पुर्ण रुपमा निषेध गरिएको छाङछाङदी मन्दिर सेवा समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिएका छन् । कोरोना कहरले गरिएको लकडाउनका कारण यस वर्ष स्नान तथा पुजापाठ पूर्णरुपमा बन्द गरिने भएको हो ।

समुदायस्तरमै कोरोनाभाइरस (कोभिड-१९) फैलिएका कारण स्नान तथा पुजापाठ बन्द गरिएको उनले बताए । स्नान तथा पुजापाठले मानिसको जमघट हुने भएकाले थप जोखिम हुन सक्ने उनको भनाई छ ।

लकडाउनसँगै मन्दिरमा नियमित पुजापाठ बाहेकका अन्य पुजापाठ गरिएको छैन । शिवको महिनाको रुपमा लिईने साउन महिनामा मन्दिरमा वर्षेनी विशेष मेला लाग्ने गर्छ । यसपटक भने कोरोनाका कारण ३ महिनायता विशेष मेलाहरु भएका छैनन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…