प्रचण्ड र बामदेवको आरोपः ओलीको निर्देशनमा नेकपा एमाले दल दर्ता निवेदन पर्यो

सोमबार नेपाली राजनीतिमा एकाएक हलचल मच्चियो । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको विषयले ।

झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग गएको आयोगले पुष्टि गरेपछि ओली वा ओली निकटका नेताहरुको योजनामा दल दर्ता निवेदन दिएकाे भन्दै विभिन्न शंकाहरु पैदा भएकाछन् ।

जब आधिकारिक रुपमा निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको पुष्टि भयो नेकपा स्थायी कमिटी बैठकमा खैलाभैला भयाे । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच दोहोरी चल्यो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा पार्टी दर्ताका लागि निवेदन परेको भन्दै अर्का प्रचण्ड कड्किए । प्रचण्डको अक्रोश अनि आरोपलाई साथ दिए नेकपामा नेता बामदेव गौतमले ।

दुवैजना अध्यक्षका दोहोरी केही छिनमा मिडियामा जस्ताका तस्तै छताछुल्ल भए । बैठकमा एकअर्का भएको आरोप प्रत्यारोपको श्रृङखला बाहिरिए ।

तर, कस्को निर्देशनमा किन यो संक्रमणको बेलामा दल दर्ताका लागि निवेदन पर्यो भन्ने विषयमा स्थायी कमिटी बैठकमा उपस्थित अन्य नेताहरु रमिते बनेर हेरिरहे । नेपाली राजनीतिमा फेरि सबैलाई गम्भीर बनाएका छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…