भीरकोट नगरपालिका बजेट ५७ करोड ७९ लाख ९९ हजार : कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा

भीरकोट नगरपालिकाको छैटौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ५७ करोड ७९ लाख ९९ हजार बजेट सार्वजनिक गरेको छ । भीरकोट नगरपालिकाका उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका सीमा केसी कर्माचार्यले छैटौं नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

नगर उपप्रमुख कर्माचार्यले संघीय समानीकरण अनुदान १० करोड २२ लाख, प्रदेश समानीकरण अनुदान १ करोड २० लाख ५० हजार, संघीय राजश्व बाँडफाँड ७ करोड ९ लाख ८१ हजार, प्रदेश राजश्व बाँडफाँड ३४ लाख ६८ हजार, संघीय समपुरक अनुदान ७९ लाख, प्रदेश समपुरक अनुदान १ करोड, संघीय विशेष अनुदान २ करोड ५० लाख, सशर्त अनुदान २० करोड ७२ लाख, घटना दर्ता तथा पन्जीकरण सम्बन्धी ३० लाख, सामाजिक सुरक्षा ११ करोड, आन्तरिक आम्दानी २ करोड ३० लाख, सडक बोर्ड नेपाल ५० लाख गरी कुल ५७ करोड ७९ लाख ९९ हजार अनुमानित बजेट उपप्रमुख सिमा केसी कर्माचार्यले विनियोजित बजेट नगरसभामा प्रस्तुत गरेकी हुन् ।

बजेटमा कोरोना भाइरसको संक्रमण लगायत सबै प्रकारका रोग र विपद्मा नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध श्रोत, साधन तथा अवसर र क्षमताको उच्चतम परिचालन गरी नगरपालिकाको समग्र विकासको गतिलाई निरन्तरता दिने, आर्थिक, सामाजिक, भौतिक पूर्वाधारको विकास गरी ‘समृद्द भीरकोट : सुखी भीरकोटबासी’ को अभियनलाई पूर्णता दिने, भीरकोटबासी नागरिकहरुका आधारभूत आवश्यकताहरुको परीपूर्ति गर्ने लगायतका छन् ।

बजेटमा कृषि तथा पशुपालन व्यवसायको विकास र प्रवर्धन, कोरोना भाइरसको कारणबाट रोजगार गुमाएका बेरोजगार युवाहरुका लागि रोजगारीको अवसर गर्ने नीति तथा कार्यक्रमहरु संचालन, भौतिक पूर्वाधारको निर्माण, कोरोना भाइरस लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउनु लगायतका कार्यक्रमहरु प्राथमिकतामा रहेका छन् ।

कृषि क्षेत्रलाई व्यवसायीकरण गरी स्वरोजगार बनाउनुका साथै आन्तरिक रोजगारीलाई बढावा दिने गरी बजेट प्रस्तुत गरिएको र बजेट कार्यान्वयनमा सहजता ल्याउनका लागि प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा भीरकोटवासीसँगै अगाडि बढ्ने नगर प्रमुख छायाँराम खनालले बताए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…