अमोरलाई खाद्यान्न तथा फिल्टर प्रदान

स्याङ्जा । लियो क्लब अफ वालिङ सिटीले अमोर सेवा केन्द्रलाई खाद्यान्न तथा फिल्टर सहयोग गरेको छ ।

लियो क्लब अफ वालिङले लायन वर्ष सन् २०२०/०२१ को पहिलो कार्यक्रम अन्तर्गत फेदीखोला गाउँपालिकामा रहेको अमोर सेवा केन्द्रलाई खाद्यान्न तथा पानी फिल्टर गर्ने मेसिन प्रदान गरिएको लियो क्लब अफ वालिङका अध्यक्ष दीक्षान्त खाँणले जानकारी दिएका छन् ।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा लियो जिल्ला परिषद ३२५ बी १ नेपालका अध्यक्ष लियो आदर्शमोहन भट्टाराईले सामाजिक सेवाको मूल मन्त्रलाई सफल पार्नका लागि सहयोग प्रदान गरिएको बताएका छन् ।

यस्तै लायन्स क्लब अफ वालिङका अध्यक्ष लायन कविता भुसालले सामाजिक र रचनात्मक भूमिकाहरुमा क्लबले महत्वपुर्ण खेल्ने बताइन् ।

अमोर सेवा केन्द्रका अध्यक्ष कमला पराजुलीले लियोको सहयोग कार्यक्रमको प्रशंसा गरिन् । अनाथ, असहाय र टुहुरो बालबच्चाका लागि सबैले सहयोग गर्नु पर्ने बताइन् ।

कार्यक्रममा लायन्स क्लब अफ वालिङ सिटीका द्वितीय उपाध्यक्ष लायन बिजय कोईराला, लियो जिल्ला परिषद ३२५ बी १ का सचिव समीर बराल, कोषाध्यक्ष प्रदीप पौडेल, अध्यक्षीय प्रमुख सल्लाहकार कृष्णप्रसाद धिताल, लगायतको उपस्थिति रहेको थियो ।

लियो क्लब अफ वालिङ सिटीले खाद्यान्न तथा पानी फिल्टर मेसिन गरी झण्डै १४ हजार बराबरको सहयोग गरिएको हो ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…