आफ्ना नागरिकहरुलाई पहिरोबाट जोगाउन वालिङ नगरपालिकाद्वारा सुरक्षित स्थानमा स्थानान्तरण

स्याङजा । वालिङ नगरपालिकाले पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नगरपालिकाको विपद ब्यवस्थापन समितिको मंगलबार बसेको बैठकको निर्णय अनुसार उच्च जोखिममा रहेका वालिङ–८ का सात घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

वर्षातले बस्ती उच्च जोखिममा परेकाले बस्तीलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेसँगै वालिङ–८ को दमाईडाँडामा रहेको सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको नगर प्रमुख एवं विपद ब्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणले बताए ।

उनले भने, ‘दलित समुदायको बस्ती रहेको उक्त गाउँका सात घर परिवारलाई नजिकैको अमिलीथुम आधारभूत विद्यालयको भवनमा सारिएको छ ।’ बस्ती स्थानान्तरण तत्काल मानवीय क्षति नहोस् भन्नका लागि नजिकैको विद्यालयमा स्थानान्तरण गरिएको नगर प्रमुखले बताए । उनका अनुसार स्थानान्तरणे दीर्घकालीन नभई अस्थायी हो ।

वर्षायाममा बाढी पहिरोको उच्च जोखिम हुन सक्ने संभावित गाउँलाई पूर्व सावधानीस्वरुप विद्यालयमा स्थानान्तरण गरिएको र वर्षायाम हटेसँगै उहाँहरुलाई दीर्घकालीनरुपमा बसोबासको ब्यवस्थापन मिलाउनका लागि जग्गाको खोजी कार्य भईरहेको नगर प्रमुख खाँणले जानकारी दिए ।

वालिङ नगरपालिकाको विपद ब्यवस्थापन समितिको बैठकले नगरभित्रका बाढी पहिरो तथा भू–क्षय जान सक्ने संभावित बस्तीहरुको पहिचान गरी उच्च सतर्कता अपाउन र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

वालिङ नगरपालिकाको वडा नं. १३ को कुसुण्डेमा पनि ३२ घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले उनीहरुलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी भईरहेको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् ।

भिरालो जमीनमा कच्ची घरहरु रहेको र वर्षायामको सुरुवातसँगै जमीनमा चिरा पर्ने तथा जमीन भास्सिने समस्याका कारण निकै त्रसित अवस्थामा बस्नुपर्ने बाध्यतालाई नगरपालिकाले सहजीकरण गरेर विद्यालयमा बस्ने ब्यवस्था मिलाएकोमा राहत मिलेको पहिरो प्रभावित प्रकाश परियारले बताए ।

‘पानी परेको बेला हाम्रो बस्तीमा रहेका कोही पनि राम्रोसँग निदाउन सक्ने अवस्था छैन,’ उनले भने, । सात घर परिवारका ३० जनाले विद्यालयमा आश्रय लिइरहेका छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…