एक घर-एक नयाँ रोजगारको सिर्जना गरौं : मन्त्री अर्याल

स्याङ्जा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिम/कार्यक्रम सम्पन्न गरिएका छन् ।

मन्त्रालयले स्याङ्जा जिल्लाका विभिन्न १४ वटा सहकारी संस्थालाई उपलब्ध गराएको एक करोड अनुदानबाट ती सहकारी संस्थाहरुले १५ वटा सीपमूलक, व्यवसायिक उद्यमी तालिम तथा कार्यक्रम सम्पन्न गरिएका हुन् ।

विभिन्न सहकारी संस्थाकाे आयाेजनामा अचार बनाउने, च्याउ खेती गर्ने, ढाँका बुन्ने, मौरीपालन लगायतका उद्यमशिलता तालिमहरु सम्पन्न गरिएका हुन् । मौरीका घार लगायत उद्यमी बन्नका लागि आवश्यक उपकरणहरु समेत त्यस अवसरमा उपलब्ध गराइएको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भिडियो संवादमार्फत कार्यक्रमको सफलताको कामना गरेकी थिइन् । बर्तमान परिस्थिति र जिम्मेवारीको कारणले उक्त कार्यक्रमहरुमा भौतिक रुपमा उपस्थित हुन नसकेकाले भिडियाे मार्फत शुभकामना व्यक्त गरेकी हुन् ।

‘समृद्ध नेपाल-सुखी नेपाली’को लक्ष्य भेट्नका निम्ती यस्ता कार्यक्रम निरन्तर रहन जरुरी रहेको त्यस अवसरमा मन्त्री अर्यालले बताइन् । हरेक व्यक्तिलाई सीप सिकाउदै आत्मनिर्भर तथा व्यवसायमूखी बनाउन जरुरी रहेको भन्दै मन्त्री अर्यालले अब गाउँमा नै आर्थिक सम्भावनाको खोजी गर्नुपर्ने बताइन् ।

‘गाउँमा उत्पादन बृद्धी गरेर रोजगारी सिर्जना गर्दै अगाडी बढ्नुपर्ने आजको आवश्यकता रहेको छ । तपाइहरू उद्यमी बनेर बजारलाई आवश्यक पर्ने वस्तुहरु उत्पादन गर्नुस्,’ मन्त्री अर्यालले भनिन् । ‘एक घर-एक नयाँ रोजगारको अभियानसँगै गाउँमा रोजगारीको सिर्जना गरौं ।’

निर्वाचन क्षेत्रका जनतासँग प्रत्यक्ष भेट्न आउन आतुर रहेको बताउदै मन्त्री अर्यालले छिट्टै भेट्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

कोरोना महामारीका कारण वर्तमान अवस्थामा सामाजिक दुरी कायम गर्दै स्यानिटाइजर र मास्क समेत प्रयोग गरी कार्यक्रम सम्पन्न गरिएका हुन् । स्याङ्जाका पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, भिरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, कालिगण्डकी गाउँपालिका, चापाकोट नगरपालिकाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक तालिम सम्पन्न गरिएका हुन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…