कोरोना पीडित महिलालाई सहयोग गर्नेलाई सरकारले पुरस्कारको व्यवस्था गर्छ–मन्त्री गुरुङ

स्याङ्जा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ, संस्थालाई पुरस्कारसहित सम्मान गर्ने घोषण गरेका छन् ।

कोरोनाभाइरसका कारण विदेशबाट फर्किएका महिलाहरुको पीडालाई सम्बोधन हुनेगरी सहगोग गर्ने संघ, संस्थालाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने मन्त्री गुरुङले बताएका हुन् । ‘काेराेनाभाइरसबा६ पीडित महिलाहरुलाई सहयाेग गर्ने जुनसुकै संघ, संस्था र निकायलाई सरकाले नगदसहित पुरस्कार दिन्छ’ मन्त्री गुरुङले भने ।

गैर आवासीय नेपाली संघ, युकेद्वारा शनिबार आयोजित ‘कोभिड–१९ ले नेपाली महिलाहरुमा पारेको प्रभाव’ विषयक ‘भर्चुअल’ बैठकमा बोल्दै उनले कोरोनाका कारण स्वदेश फर्किएका महिलाहरुको उचित व्यवस्थापनका लागि तत्कालिन, मध्यकालिन र दीर्घकालिन खालका कार्यक्रम ल्याउने तयारी भैरहेको मन्त्री गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङ भने, ‘नेपाली महिलाहरुले स्वदेश तथा विदेशमा भोग्नु परेका समस्या समाधानका लागि महिलाहरुलाई उद्यमशीलता र उत्पादनमा जोड्ने गरी कार्यक्रम ल्याएका छौं ।’ अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि महिला लक्षित कार्यक्रममा विशेष जोड दिने उनले बताए । कोरोना कहरले पीडित महिलाहरुका लागि आर्थिक रुपमा सशक्त बनाउन सहयोग गर्न पनि प्रवासमा रहेका महिला नेतृहरुलाई आग्रह गरे ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले कोरोना भाइरसबाट प्रभावित महिलाहरुका लागि आत्मनिर्भर हुने गरी आय आर्जनको कार्यक्रम तत्काल ल्याउन सरकारसँग माग गरिन् । ‘कोरोनाबाट सबैभन्दा प्रभावित समूह महिला समूह हो । सरकारले विशेष खालको कार्यक्रम छिट्टै घोषण गर्नुपर्छ ।’

बैठकमा गैर आवासीय नेपाली संघ, यूकेकी अध्यक्ष पुनम गुरुङसहित गैर–आवासीय नेपाली संघमा आवद्ध महिला नेतृहरुले कोरोना भाईरसका कारण रोजगारीको अवसर गुमाएर स्वदेश फर्किएका नेपालीहरुलाई सम्मानपूर्वक जिउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका थिइन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…