ममि हुनुहुन्न !

पुस्तकालयको राईनी दिदिले, ‘५ बज्यो अब लाइब्रेरी बन्द गरेर घर जानुपर्छ।’ भन्नुभए पछि म पुस्तकालयबाट बाहिरिए। मलाई पुस्तक छोडेर पटक्कै बाहिरीन मन लागिरहेको थिएन। बाहिर झमझम पानी परिरहेको थियो। मुल गेटमा उभिएर यसो यताउता आँखाहरु घुमाए। देब्रे साइड पट्टी एउटा खाजा घर देखे। दौडिएर त्यही घर भित्र पसे। डाइनिङ्ग खाली थियो, भित्र कोहि पनि देखिन। उता किचिन भित्र ठाङ्ग्ठाङ्ग ठुङ्गठुङ्ग भाडाहरु बजेको आवाज सुनेँ। यसो खाना पास गर्ने झ्यालबाट भित्रतिर चियाए। लगभग ५०-५२ जतिको लाग्ने एक आर्यन मुखाकृती भएको भलाद्मी ब्यक्ति भाडा माझिरहेको देखेँ। फेरि यताउती हेरे, वहाँ बाहेक वरिपरि अरु कोही पनि देखिन।

ममि हुनुहुन्न।’ उनीले म तिर छिटो हेरेर मन्द मुस्कान सहित छोटो जवाफ फर्काइन्।

‘ए ! उम्, उता गाउँको घरमा जानुभएको हो ?’ मैले अझै प्रष्ट हुन खोजेर भनेँ।

‘हैन, ममि हुनुहुन्न ।’ उनीले फेरि पनि एउटै वाक्य दोहोर्याइन्। र, फिसिक्क हाँसेर मलाई चेन्ज पैसा दिइन् । त्यसपछि उनि पारिपट्टिको साथी भए तिर दौडिइन्।

‘दाइ ! खाजा के छ ?’
मेरो आवाजले उहाँ झटपट हार्दिकताका साथ झ्याल नजिकै आउनुभयो।

‘के खानुहुन्छ ? सबै छ।’
वहाँको जवाफले म अवाक भए । अब मैले के खाने होला त ? म एक्छिन मौन भएर वहाँको आखामा मात्र  हेरिरहे।

वहाँले मेरो अनुहार सरसर्ती पढेर फेरि फिसिक्क हास्दै भन्नुभयो, ‘चाउमेन खानुहुन्छ ?’

मैले, ‘अ ! हुन्छ’ भनेर वहाँकै कुरामा स्वीकृति जनाए।

‘कुन चाउमेन खानुहुन्छ ? ‘ वहाँले फेरि सोध्नुभयो।

‘उम्, बफ चाउमिन।’ मैले झट्ट जवाफ दिए।
किनकि मलाई बफ टेस्टी, चिप एन्ड बेस्ट लाग्छ।

‘बफ अहिले सकिएको छ, चिकेन हुन्छ ? कि भेज….’ फेरि पनि मन्द मुस्कान सहित सोध्नुभयो।

‘होटलमा आएर भेज त के खानु, चिकेन नै खाउँ।’ मैले यसो भन्दा हामी दुबै मुखामुख गरेर मज्जाले हाँस्यौ। त्यसपछि म टेबुलमा बसे। वहाँ भने मलाइ चाउमिन बनाउन तिर लाग्नुभयो।

करिब साढे दुई वा तीन घन्टा पैदल यात्रा गरेर म आफ्नो कोठा हात्तीवन-सेतिपाखाबाट बल्खुको आदिवासी जनजाति राष्ट्रिय प्रतिस्ठान आएको थिएँ। डा. मीन श्रीससङ्ग तत्काल भेट्वार्ता गर्न नभ्याउने भए पछि म वहाँद्वारा लिखित ‘मगर जातिको इतिहास’ नामक पुस्तक यहाँ पाइन्छ भनेर लिन आएको थिए। तर पुस्तक सकिसकेको रहेछ । त्यसकारण मैले त्यहीको पुस्तकालयमा दिनभर विभिन्न पुस्तकहरु पढेर बिताएँ।

‘बाबा ! बाबा ! एउटा कुरा भन्छु ल नाइ नभन्नुस है।’ उनी बाबासङ्ग लाडिदै बोलिन् ।

‘कति बाबा बाबा भनेको, छोरी ? के हो भन्’ भित्र किचेन सफा गरिरहेको उनको बाबाको उस्तै माधुर्य अनि ममताले भरिपुर्ण आवाज सुनिन्थ्यो।

‘अनि बाबालाई बाबा नभनेर के भन्नू त, म त बाबा भनिरहन्छु।’ उनी आफ्नो बाबालाई आमा जस्तै निकै आत्मीय व्यबहार गरिरहेकी थिइन् ।

मैले उनीतिर नजर लगाएपछि उनीले पनि म तिर नजर लगाएरर बोलिन्, ‘फेरि मैले बाबा भन्न बिर्सिए भने, है दाइ ! त्यसैले म त बाबा भनिरहन्छु।’ उनी फिस्स हासिन्। र फेरि बाबा तिरनै फर्किन्।

पानीले हल्का भिजेकोले गर्दा केहि चिसोचिसो महसुस भैरहेको थियो। मैले वहाँलाई तातोपानी मागे। वहाँ भित्र हुनु भएको हुनाले वहाँले आफ्नो छोरीको नाम लिएर बोलाउनुभयो। पारिपट्टी फलफूल पसलको साथीसङ्ग मस्त गफिएर बसेकि वहाँको छोरी ‘हजुर बाबा’ भन्दै दौडिएर आइन्। बाबाले तातोपानी दिन भनेपछि उनीले मलाई हार्दिकतासाथ तातोपानी दिएर काउन्टरमा बसिन्। बेला बेला उनी बाबासङ्ग बच्चा जस्तो व्यबहार गरेर रमाइरहेकी थिइन्। डाइनिङ्ग निकै सफा अनि उज्यालो थियो, उनी जस्तै उज्यालो।

एकछिनमा उनीले मलाई हरहर बसाउँदै गरेको तात्तातो चाउमिन ल्याएर दिइन् । फेरि पनि उस्तै हार्दिकता पस्केर। खुल्ला आतिथ्य दिएर। बरु म भने एकदमै संकोच मानिरहेको थिए उनको हार्दिकतालाइ सहजै स्वीकार गर्न नसकेर। मेरो लागि उनको त्यो हार्दिकता निकै आदरणीय लाग्थ्यो। त्यसैले पनि म भित्रभित्रै गद्गद् थिएँ।

‘बैनी ! अहिले तपाई कतिमा पढ्नु हुन्छ ?’
उनीले फेरि तातोपानी ल्याउदै गर्दा मैले सोधेँ।

‘ट्वेल्भ्’ उनीले छोटो जवाफ फर्काइन्।

‘अब इग्ज्याम दिने होला होइन ?’  मैले जिज्ञासा राखेर सोधेँ।

‘हैन, यसपालि चै ट्वेल्भमा हो ।’ उनीले मलाई अझै प्रष्ट पार्दै बोलिन् ।

‘अनि एघारको इग्ज्याम त सकिएको छैन नि है …!’  म अझै जिज्ञासु हुदै बोलेँ।

‘त्यो त सरकारले दिन नपर्ने गरि निर्णय गरिसक्यो नि, अब आफ्नै स्कुलबाट नम्बर ग्रेडिङ गर्छ। ‘ उनीले मलाई मज्जाले प्रस्ट्याइन्।

‘ए !… हो त नि, हत्तेरीका म पनि.. हाहाहा । ‘

 म आफ्नो अबुझपन थाहा पाएर मज्जाले हाँसे।

‘तर मेरो साइन्स टिचरसङ्ग डिसकस परेको थियो, सायद वहाँले मलाई नम्बर कम हाल्दिनुहुन्छ होला । तर हल्का मात्र हो क्लासमा ….. ‘ उनीको हसिलो चेहरामा रत्तिभर पनि कुनै गुनासो देखिन।
उनी एकदम बिन्दास, निश्चल अनि निस्चिन्त लाग्थिन्।

‘बाबा ! बाबा ! एउटा कुरा भन्छु ल नाइ नभन्नुस है।’ उनी बाबासङ्ग लाडिदै बोलिन् ।

‘कति बाबा बाबा भनेको, छोरी ? के हो भन्’ भित्र किचेन सफा गरिरहेको उनको बाबाको उस्तै माधुर्य अनि ममताले भरिपुर्ण आवाज सुनिन्थ्यो।

‘अनि बाबालाई बाबा नभनेर के भन्नू त, म त बाबा भनिरहन्छु।’ उनी आफ्नो बाबालाई आमा जस्तै निकै आत्मीय व्यबहार गरिरहेकी थिइन् ।

मैले उनीतिर नजर लगाएपछि उनीले पनि म तिर नजर लगाएरर बोलिन्, ‘फेरि मैले बाबा भन्न बिर्सिए भने, है दाइ ! त्यसैले म त बाबा भनिरहन्छु।’ उनी फिस्स हासिन्। र फेरि बाबा तिरनै फर्किन्।

उनीको त्यो आफ्नो बाबा प्रतिको आत्मियता र प्रेम देखेर म एकदमै आत्मविभोर भए। उनीलाई आफ्नो बाबा अनि बाबाको पेशा प्रति कति धेरै हार्दिकता र आफ्नोपन भएको । त्यतिबेला मेरो आँखाहरु काउन्टरको त्यो खाली कुर्सीतिर पनि गइरहन्थ्यो।

‘तर मेरो साइन्स टिचरसङ्ग डिसकस परेको थियो, सायद वहाँले मलाई नम्बर कम हाल्दिनुहुन्छ होला । तर हल्का मात्र हो क्लासमा ….. ‘ उनीको हसिलो चेहरामा रत्तिभर पनि कुनै गुनासो देखिन।
उनी एकदम बिन्दास, निश्चल अनि निस्चिन्त लाग्थिन्।

ति नानीले बाबासङ्ग ‘पानीपुरी खान काउन्टरबाट बिस रुपिया लान्छु है बाबा’ भनेर अनुरोध गरिन्। उनीको बाबाले ‘अघि खाएको हैन र’ भन्नुहुँदा उनीले ‘भाइ र मैले थोरै चट्पट बाँडेर खाएको होनि, बाबा पनि’ भनेर म तिर हेरेर फिस्स हासिन् । उनीको बाबाले हुन्छ भनेर स्वीकार दिनुभए पछि उनी रमाउदै काउन्टर जानेबेलामा मैले पनि मेरो खाजाको पैसा कटाउन भने।

‘अनि तपाईंको भाइ चाहिँ यहाँ बस्न मान्दैन हो ? ‘ मैले कुरा सुरु गरेँ।

‘बस्छ, अघिसम्म यहि थियो। अहिले उ हल्का बिरामी छ। त्यसैले कोठा गाछ।’ उनीले काउन्टरमा पैसा मिलाउदै भनिन्।

‘ए ! त्यही भएर ममि पनि भाईलाई केयर गर्न घरमै बस्नु भएको होला है।’ मैले यस्तै भने, त्यो खाली कुर्सी देखेर।

‘ममि हुनुहुन्न।’ उनीले म तिर छिटो हेरेर मन्द मुस्कान सहित छोटो जवाफ फर्काइन्।

‘ए ! उम्, उता गाउँको घरमा जानुभएको हो ?’ मैले अझै प्रष्ट हुन खोजेर भनेँ।

‘हैन, ममि हुनुहुन्न ।’ उनीले फेरि पनि एउटै वाक्य दोहोर्याइन्। र, फिसिक्क हाँसेर मलाई चेन्ज पैसा दिइन् । त्यसपछि उनि पारिपट्टिको साथी भए तिर दौडिइन्।

खाना पछि मलाई चिया अथवा गुलियो खान औधी मन पर्छ। त्यसैले, मैले खाना पास गर्ने झ्यालबाट फेरि भित्र चियाए, वहाँ अघिनैको जस्तै धामाधम भाडा सफा गरिरहनु भएको थियो।

‘दाइ! चिया खान पाइन्छ त ?’ 
मेरो आवाजले वहाँ फेरि अघिनैको जसरी हार्दिकता पस्कदै झ्याल नजिक आउनुभयो।

‘पाइन्छ किन नपाइनु’ फेरि उस्तै फिसिक्क हाँस्दै बोल्नुभयो।

‘दुधको बन्छ नि ?’

‘बन्छ बन्छ किन नबन्नु ?’

‘यदि दुध छैन भने कालो भए पनि हुन्छ।’

‘हैन ! दुधकै हुन्छ नि। यो त हाम्रो काम नै हो।’

यो वाक्यले म फेरि नि:शब्द भए। वहाँको हार्दिकताको अगाडि म अवाक् भएँ।

‘हस ! त्यसो भए बनाउनुस।’ मैले यस्तै भनेँ।

वहाँले छोरीलाई हामी पनि चिया खाने छोरी एक प्याकेट दुध लिएर आउ भनेर चिया पकाउने भाडा तयार पार्न थाल्नुभयो।

‘म्याडमहरु चाहिँ घरमै हुनुहुन्छ होला हैन ?’  होटेलमा म एक्लै ग्राहक भएकोले मलाई वहाँसङ्ग अन्तरक्रिया गर्न मन लाग्यो।

‘हैन ! हाम्रो आ-आफ्नो व्यवहार भैसक्यो’ वहाँले अरुचिकर भएर तर हार्दिकतासाथ जवाफ फर्काउनु भयो ।

‘डिभोर्स ?’ मैले धेरै किच्किच गर्दा वहाँ रिसाउनु हुन्छ भनेर सर्ट एन्ड डाइरेक्ट प्रश्न गरेँ।

‘उम्।’ वहाँले पनि एउटा शब्दमै मेरो सारा कौतुहल मेटिने गरि टाउको हल्लाएर जवाफ दिनुभयो।

त्यसपछि म फेरि टेबुलमा बसेँ। छोरी दुध लिएर आइन् ।

‘बाबा ! म त चिया नखानी, अगिनै खाइसकेँ। तपाईहरु दुईजना खानुस्। यी लिनुस् एक प्लेट दुध। उनीले हाँस्दै दुध झ्यालबाट भित्र दिइन्। उनीको बाबाले छोरीलाई केहि नभनी ममतापुर्ण आँखाले हेर्दै हाँसी मात्र रहनुभयो। वहाँले अघिनै एक प्याकेट दुध भन्दा एक प्लेट दुध भन्नुभएको थियो।

मैले चिया सकेर पैसा दिन झ्यालमा हेर्दा वहाँले छोरीको लागि एक ग्लासभरी दुध हालेर राखेको देखेँ। छोरी पारिपट्टी साथीसङ्गै गफिदै थिइन्। हामीहरु अपरिचित ब्यक्तिहरु भए पनि पहिले देखि परिचित झै नजिक मानेर कुराकानी गर्यौ। बाटो पर्दा फेरि पनि आउने कुरा गरेर बिदा माग्दै म त्यहाँबाट निस्किए। अलिक पर पुगे पछि मलाई फेरि त्यो खाजाघरलाई यसो फर्केर हेर्न मन लाग्यो। ‘हाम्रो लुम्बिनी तन्दुरि भोजनालय’ भनेर लेखिएको रहेछ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…