वालिङ नगरपालिकाका नगर प्रमुख खाँणले भने, ‘आर्थिक विकासमा जोड दिऔं’

स्याङजा । वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले अब आर्थिक विकासतर्फ उन्मुख हुनुपर्ने बेला आएको बताएका छन् ।

गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र आँधीखोला बहुप्राविधिक शिक्षालयको सहयोगमा सञ्चालन भएको तीन महिने बेमौसमी तरकारी उत्पादन तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले भने, ‘आर्थिक विकास विना अन्य विकास सम्भव छैन । आर्थिक विकासलाई अगाडि बढाउनुपर्नेमा जोड दिऔें ।’

सो अवसरमा नगर प्रमुख खाँणले तालिममा सिकेका सीपलाई ब्यवहारमा उतारेर आत्मनिर्भर बन्नतर्फ लाग्न सहभागीहरुलाई आग्रह गरे । ब्यवसाय सञ्चालनका क्रममा आवश्यक परेको खण्डमा नगरपालिकाले सहुलियत दरमा ऋण उपलब्ध गराउने र उत्पादित बस्तुको बजारीकरणका लागि पहल गर्ने बताए । नागरिकहरु सचेत नभएसम्म भ्रष्टाचारमा कमि नहुने भएकाले अब नागरिक सचेत र चनाखो हुनु आवश्यक रहेको उनले जोड दिए ।

कार्यक्रममा आँधीखोला बहुप्राविधिक शिक्षालयका प्रमुख नवीनकिशोर गैह्रेले सिकेका सीपलाई ब्यवहारमा उतारेर उदाहरण प्रस्तुत गर्नका लागि सुझाव दिए । गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार मञ्जु राना र सहभागीकातर्फबाट टीकाकुमारी पंगेनीले तालिममा सिकेका कुराहरुका बारेमा बोलेकी थिइन् ।

प्रमाणपत्र वितरण कार्यक्रम संस्थाका अध्यक्ष कविता गैह्रे, इन्दिरा अधिकारी, पूर्णकला वोस्ती लगायत बोलेकी थिइन् ।

तालिममा सहभागी २० जना किसानलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…