कालीगण्डकीमा पहिरोः ज्यान गुमाएका तीनजनाको सामूहिक अन्त्येष्टि, बेपत्ता एकजनाको खोजी कार्य जारी

स्याङ्जा । गत असार ३० बिहान गएको पहिरोमा परी ज्यान गुमाएका कालीगण्डकी गाउँपालिका–४ का तीनजनाको सामूहिक अन्त्येष्टि गरिएको छ ।

पहिरोमा पुरिएर ज्यान गुमाएका विर्घा गाविसका पूर्व अध्यक्ष ७० वर्षीय इमान सिंह राना, ६० वर्षीय गिरमान सिंह राना र ५० वर्षीय टीका रानाको कालीगण्डकी किनार गौरीघाटमा बुधबार सामूहिक अन्त्येष्टि गरिएको हो ।

पहिरोमा पुरिएका अर्का एकजनाको शव अझै भेटिएको छैन । सो वडा बस्ने ६० वर्षीय प्रेमचन्द्र पाण्डे अझै बेपत्ता रहेका छन् । खोजी कार्य अझै जारी रहेको कालीगण्डकी गाउँपालिकाका प्रमुख खिम बहादुर थापाले जानकारी दिए ।

पहिरोले चारघरपरिवार बेपत्ता भएका छन् । पहिरोबाट लाखौं क्षति हुनसक्ने अनुमान गरिएको छ । के कति भन्ने बारे अनुसन्धान भैरहेको गाउँपालिकाले जनाएको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…