‘… त्यसैले हामीलाई हाम्रो भूगोल चिन्ने नीति र नेतृत्वको खाँचो छ’

नेपालको हिमाली क्षेत्रमा अचम्म प्रकारको कस्तुरी मृग फेला पर्छ । जसको शरीरबाट अद्भूत सुगन्ध निस्किन्छ । विडम्बना त्यो उसले आफ्नो शरीरबाट निस्किएको सुगन्धको पहिचान गर्न सक्दैन र त्यसैको खोजीमा भौतारिदै भौतारिदै देहको त्याग गर्दछ ।

फर्किएर नेपाली इतिहास हेर्यौं भने हामीले जुन नेपालको चित्र भेट्छौं, त्यो बडो सशक्त छ । यद्यपी वर्तमानमा भने हामीहरु पनि कस्तुरी मृगले सुगन्ध नचिने जसरी यो माटोको सुगन्ध चिन्न नसकेकाले एक प्रकारको ‘उल्झन’को जीन्दगी बिताइरहेका छौं ।

जब विश्वमा युरोप, अमेरिका नै पत्ता लागेको थिएन, त्यो समयको कालखण्डमा त हामी नेपालीहरुले एक प्रकारको राज्यव्यवस्था नै खडा गरिसकेका थियौं । सन् १४९२ मा कोलम्बसले अमेरिका पत्ता लगाए भने सन् ४६४ मा लिच्छवी वंशीहरुले हालको काठमाडौं क्षेत्रमा राज्य संचालन गरेको लिखित प्रमाण हामीसँग छ । त्यसअघि पनि सयौं वर्ष किराँत तथा गोपाल वंशले राज्य चलाएको थुप्रै तथ्यहरु फेला परेका छन् ।

तर, हामी आफै मूल्यांकन गरौं आज अमेरिका कहाँ छ र हामी कहाँ ? हामीले त लिच्छवी कालदेखि प्रारम्भ भएर शाह वंशसम्म आइपुग्दा विकसित रुप धारण गरेको अनुपम नेपाली संस्कृति र त्यसको जगमा संसार भरि फैलिएको नेपाली नाम पनि जोगाउन सकेनौ ? अझ भनौ आधुनिकताको लेपन लगाएर हामीले आफ्नै इतिहास कुल्चियौं । अनेक जातजाति रुपी रङ्गी–विरङ्गी फूलहरुका बिचबाट एउटा कोलाज सौन्दर्य ज्योतिको प्रस्फुटन भएको छ । नेपाली संकृतिको जन्म भएको छ तर यसलाई हामी दिन प्रतिदिन क्रमिक रुपमा मेट्दै छौं । कुनै पनि देशको अस्तित्व र पहिचान उसको संस्कृति र इतिहाससंग जोडिएको हुन्छ । सायद यही कुरालाई पृष्ठभूमिमा राखेर होला चीन, जापान, साउथ कोरिया, रसिया लगायतका मुलुकले रोजगारी र अध्ययनका लागि आफ्नो देश भित्रिने हर कोहीलाई आफ्नो भाषा सिक्न अनिवार्य बनाए ।

हामीले आधुनिकताको नाम दिँदै भाषा, संस्कृति, प्रविधि, प्रवृत्ति, खाद्यान्न, लुगाफाटा सबै आयात गर्न थाल्यौं । यसैको माध्यमबाट कहिँ कतै हामी २१औं शताब्दीमा उपनिवेश पो बन्दैछौं कि ? यतिसम्म कि हामो अर्थतन्त्र स्वयम् आयातित छ जसले यहाँको माटोलाई चिन्न सकेन । जबसम्म हाम्रो अर्थतन्त्रले कर्णालीका अमूल्य जडीबुटी , जुम्लाको स्याउ, गुल्मीको कफी, स्याङ्जाको सुन्तला र इलामको चिया चिन्दैन तबसम्म सम्वृद्धि सम्भव छैन ।

चीन र जापानले त सबै प्रकारको प्रविधि पनि आफ्नै भाषामैत्री बनाए । यी देशहरुले भौतिक प्रगति मात्रै हासिल गरेनन मौलिकताको प्रवर्धन गर्दै युगौं युगलाई आफ्नो अस्तिव पनि बचाई राखे । हाम्रो त अब अष्ट्रेलियामा जन्मने नयाँ पुस्ताले नेपाली बुझ्ला कि नबुझ्ला भन्ने प्रश्नमा नै गम्भीर हुनु पर्ने बेला आयो ।

हिजो हामीले बुर्जुवा शिक्षा भनेर संस्कृतका पुस्तक जलायौं । आज नासाका वैज्ञानिक विश्वको सर्वश्रेष्ठ भाषा र अनन्त ज्ञानको भण्डार भनेर संस्कृत पढ्दै छन् । आज न्युजिल्यान्डले आफ्नो विद्यालयको पाठ्यपुस्तकमा गीतालाई समावेश गर्यो जब कि गीता लेखिएको भूमिमा गीता के हो ? भन्ने नजान्ने जमात ठुलो छ । अतिरिक्त भाषा बन्नु पर्ने अंग्रेजी आज प्रमुख भाषाको रुपमा नेपाली माटोमा हुर्कदै छ । जबकी भाषा ज्ञान आदानप्रदानको माध्यम हो । बोल्न सिक्न आफ्नासँग सहज हुन्छ कि पराइँंग ?

हामीले आधुनिकताको नाम दिँदै भाषा, संस्कृति, प्रविधि, प्रवृत्ति, खाद्यान्न, लुगाफाटा सबै आयात गर्न थाल्यौं । यसैको माध्यमबाट कहिँ कतै हामी २१औं शताब्दीमा उपनिवेश पो बन्दैछौं कि ? यतिसम्म कि हामो अर्थतन्त्र स्वयम् आयातित छ जसले यहाँको माटोलाई चिन्न सकेन । जबसम्म हाम्रो अर्थतन्त्रले कर्णालीका अमूल्य जडीबुटी , जुम्लाको स्याउ, गुल्मीको कफी, स्याङ्जाको सुन्तला र इलामको चिया चिन्दैन तबसम्म सम्वृद्धि सम्भव छैन ।

मुख्य कुरा हामीलाई हाम्रो भूगोल चिन्ने नीति र नेतृत्वको खाँचो छ । जसरी १४औ देखि १६ औ शताब्दीको बिचमा युरोपेलीहरुले माटो सुहाउँदो कला, संस्कृति, भाषा, साहित्य, विज्ञान, प्रविधि, अर्थ, राजनीतिकको विकास गर्दै लगे । अब हामीले पनि यस्तै एउटा मौलिक अभियानको थालनी गर्नु अबेर गर्नु हुदैन । संस्कृति र प्रकृतिको आडमा नयाँ नेपालको सार्थकता लुकेको छ । आधुनिक बन्ने नाउँमा सबै कुरा आयात गरेर आत्मनिर्भरता र आत्मस्वाभिमान गुमाउँदाको नतिजा हामीले संविधान जारी गर्दै गर्दा भारतले लगाएको नाकाबन्दीबाट बुझी सकेका छौं । अमेरिका जस्तो महाशक्तिले लगाएको दशकदेखिको नाकाबन्दीको विचबाट आत्मनिर्भर बन्न सिकेको सानो मुलुक क्युबाको भोगाइ र सिकाइबाट हामीहरुले पनि पाठ सिकेर मौलिकताको संरक्षण र प्रवद्र्धनसँगै अब आत्मनिर्भरताको बाटो रोज्नुको सायदै कुनै विकल्प होला ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…