गल्याङमा पशुका लागि एक करोड अनुदानः उत्पादनका आधारमा अझै थप अनुदान दिइने

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले पशु किसानका लागि एक करोड रुपैयाँ अनुदान वितरण गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट गल्याङ नगरपालिकाले एक करोड रुपैयाँ बजेट अनुदानमा वितरण गरिएको हो ।

गल्याङ नगर प्रमुख भुपराज अधिकारीले पशु किसानका लागि उत्पादनमा आधारित अनुदान वितरण गरिएको बताए । कृषि र पशु क्षेत्रमा नगरपालिकाले विशेष अनुदानको व्यवस्था गरिएको उनले बताए । ‘किसानले उत्पादन गरेका वस्तुहरुले मात्रै संसारमा जीवन रहन्छ,’ नगर प्रमुख अधिकारीले भने, ‘समृद्धिको प्रमुख आधार किसान र कृषि क्षेत्र हो ।’

किसानलाई उत्पादनका आधारमा अनुदान दिने व्यवस्थाका लागि नगरपालिकाले विशेष योजना बनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले बताए ।नगरपालिकालाई कृषि नगरपालिका बनाउने नीतिकार्यक्रम अनुसार ऐन र कार्यविधि समेत बनाइरहेको उनले जानकारी दिए ।

पशु शाखा प्रमुख सुशिल अर्यालका अनुसार अनुदान मध्ये धेरै रकम गाई भैंसीका लागि गएको छ । भैंसीका लागि ७५ लाख रुपैयाँ बजेट अनुदानको क्रममा वितरण गरिएको उनले जानकारी दिए । गल्याङमा चार सय भन्दा बढि परिवारले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान पाएका छन् ।

पशुधन विमा कार्यक्रममा साना ठूला गरी २३ सय परिवार लाभावन्तित भएका छन् । जसका लागि दश लाख रुपैयाँ नगरपालिकाले अनुदान वितरण गरेको छ ।

तीन सय घर परिवारका लागि १२ लाख ८४ हजार भन्दा बढि ऋणमा अनुदान वितरण गरिएको पशु शाखा प्रमुख अर्यालले जानकारी दिए ।

बंगुरपालन व्यवसायमा ३३ वटा समूह तथा फर्मका लागि दश लाख रुपैयाँ अनुदान वितरण गरिएको छ । बाख्रापालन तर्फ ७२ वटा फर्म तथा समूहका लागि १५ लाख रुपैयाँ अनुदान वितरण भएको छ भने दुई वटा कुखुरा फर्मका लागि एक लाख ४० हजार रुपैयाँ वितरण गरिएको छ ।

दुध संकलन तथा क्षमता विस्तार कार्यक्रममा दुई वटा फर्मलाई दुई लाख रुपैयाँ वितरण गरिएको छ । घाँस विकास कार्यक्रम अनुसार तीन सय घर परिवारका लागि तीन लाख रुपैयाँ वितरण गरिएको छ ।

एक सय ५० पशुको थुनेलो नियन्त्रण कार्यक्रमका लागि ६७ हजार रुपैयाँ तथा दुई सय वटा पशुमा कृतिम गर्भाधान सेवाका लागि दुई लाख रुपैयाँ नगरपालिकाले अनुदान बाँडेको छ ।
नगरपालिकाका वडा नम्बर २, ४, ८ र दशमा गोबर परिक्षण, बन्ध्याकरण सेवा, खोप सेवा र त्यसका लागि सामाग्री खरिदमा नगरपालिकाले निशुल्क अनुदान वितरण गरेको छ ।

यसैगरी, दुधालु पशुका लागि ५२ वटा फर्ममा फार्म सुधार कार्यक्रम अन्तर्गत १३ लाख रुपैयाँ नगरपालिकाले अनुदान वितरण गरेको छ ।

७० प्रतिशत अनुदानमा नगरपालिकाले ४२ वटा फर्मलाई यान्त्रीकरण कार्यक्रमका लागि ११ लाख वितरण गरेको छ ।

नगरपालिकाले कृषि तथा पशुका लागि आवश्यकताका आधारमा थप रकम अनुदानको व्यवस्था गर्ने तय गरेको नगरपालिकाले जनाएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…