लिम्पियाधुरा सहितको नयाँ नक्साबारे पुस्तक छिट्टै प्रकाशन गर्छौं : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताइन् ।

मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको भूमि शब्दकोश पुस्तक बिमोचन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो जानकारी दिइएकी हुन् ।सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विष्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले जानकारी दिइन् ।

मन्त्री अर्यालले भनिन्, ‘कालापानी, लिम्पियाधुरासम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तराष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरु राखेर छिट्टै किताब प्रकाशन गर्ने तयारीमा छौ ।’ मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले जानका निम्ती जमर्को गरिरहेको भन्दै उनीले एकपछी अर्को बिगतमा भन्दा सिर्जनशील, प्रगतिशिल र मौलिक ढंगले अगाडी बढ्ने प्रयत्नमा रहेको बताइन् ।

केही नयाँपना दिनका निम्ती मन्त्रालयको टिमले संकल्प गरेको भन्दै उनीले नयाँ छबि दिने भन्ने मन्त्रालयको टिमले संकल्प रहेको बताइन् । राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्नेगरी मन्त्रालयले महत्वपुर्ण काम गरेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको भू–भाग समेटेर नेपालको नक्सा जारी गरेको बताइन् ।

‘इतिहासलाई लिपिबद्ध गर्नका निम्ती अब हामीले लिपिबद्ध गर्न गइरहेका छौं,’ उनीले भनिन्, ‘मन्त्रालय वार्षिक कार्ययोजनामा मात्र केन्द्रित नभएर अन्य फरक खालका सिर्जनशील कार्यमा पनि हामी अगाडी बढेका छौं ।’ भूमि व्यवस्था मन्त्रालयले प्रकाशन गरेको भूमि शब्दकोशको तेस्रो संस्करण र २०४७ सालयता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरुको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारबाही समेटिएको पुस्तक मन्त्री अर्यालले बिमोचन गरेकी हुन् ।

मन्त्री अर्यालले भूमि शब्दकोषले भूमि सम्बन्धी शब्दका बारेमा ज्ञान बाँड्ने, कमीकमजोरी सच्याउने बताउँदै शब्दकोषमा छुटाइएको भूमि समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा समेत समेटिएकाले पुस्तक विशेष रहेको जानकारी दिइन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…