कालीगण्डकीमा पहिराे : बेपत्ता एकजना अझै भेटिएन

स्याङ्जा । गत असार ३० गते कालीगण्डकी गाउँपालिका-४ मा गएकाे पहिराेमा परेका एकजना अझै बेपत्ता छन् । कालीगण्डकी गाउँपालिका-४ का ६० वर्षीय प्रेमचन्द्र पाण्डे अझै बेपत्ता छन् ।

गत असार ३० गते दिउँसाेदेखि खाेजीकार्य जारी रहेता पनि उनकाे शव अझै भेटिएका छैन । स्काभेटरकाे सहयाेगले खाेजीकार्य जारी छ । आज र भाेलि खाेजी कार्य निरन्तरता दिने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिए ।

उनले भने, ‘लगातर ३० गतेदेखि खाेजी कार्य तीव्र छ । आज र भाेलिसम्म निरन्तरता दिनेछाैं । पर्सि परिवारसँग छलफल गरेर एउटा टुङ्गाे लगाउनेछाै‌ं ।’

पहिराेमा परी विर्घा गाविसका पूर्व अध्यक्ष ७० वर्षीय इमान सिंह राना, ६० वर्षीय गिरमान सिंह राना र ५० वर्षीय टीका रानाले ज्यान गुमाएका थिए भने दुईजना घाइते भएका थिए ।

पहिराेबाट चारघर विस्थापित भएका छन भने लाखाैं रुपैयाँकाे क्षतिभएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…