कुटपिटबाट एक जनाको ज्यान गयाे, दुईजना पक्राउ

स्याङ्जा । स्याङ्जामा कुटपिटबाट एकजनाको ज्यान गएको छ । चापाकोट नगरपालिका–३ कमेरे बस्ने ४५ वर्षीय कुल बहादुर सार्कीको कुटपिटबाट ज्यान गएको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा चापाकोट कमेरेकै १८ वर्षीय पूर्ण बहादुर खड्का र अर्का २१ वर्षीय अन्तिल ज्ञामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी विमलराज कणेलले जानकारी दिएका छन् ।

गएराति लगभग ११ बजेको समय आरोपित दुईजनाले मृतक सार्कीलाई कुटपिट गरी कमेरै चन्द्र बहादुर सोतीको घरमा लगि छाडेका थिए । आज साँझ लगभग पाँच बजेतिर स्थानीयले हेर्न जाँदा उनी मृत अवस्थामा फेला परेका थिए । त्यस लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

कुटपिट संलग्न दुईजनालाई तत्काल प्रहरीले पक्राउ गरिएको हो । उनीहरुलाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय वालिङमा ल्याउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै मृतकको शवलाई पोष्टमार्टमका गह्रौं प्राथमिक अस्पताल वालिङ ल्याउने प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…