वालिङ नगरपालिकाले किसानलाई दियो दूध चिस्याउने मेसिन

स्याङ्जा । वालिङ नगरपालिकाले दूध किसानलाई दूध चिस्याउने मेसिन हस्तान्तरण गरेको छ । व्यवसायिकरुपमा दूध उत्पादन गर्दै आएका फर्मलाई आईबार दूध चिस्याउने मेसिन हस्तान्तरण गरेको हो ।

वालिङ नगरपालिका–१४ स्थित पनियारेमा रहेको ‘पनियारे पशुपालन तथा कृषि फर्म’ लाई वालिङ नगरपालिकाले गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत दूध चिस्याउने मेसिन प्रदान गरेको वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले बताए । वास्तविक किसानहरुलाई ओझेलमा पर्न नदिनका लागि नगरपालिकाले प्रोत्साहन स्वरुप उपकरण तथा आवश्यक सहयोग गर्दै आएको नगर प्रमुख खाँणले जानकारी दिए ।

उनले भने, ‘निर्वाहमुखी कृषि तथा पशुपालन गर्ने पद्धातिबाट माथि उठेर आधुनिक र व्यवसायिकतातर्फ जोडिनुपर्छ ।’ व्यवसायिक रुपमा अगाडि बढ्ने कृषकलाई अप्ठ्यारोमा सहुलियत दरमा ऋण उपलब्ध गराउने उनले बताए । कृषकले उत्पादन गरेका बस्तुहरुको बजारीकरणमा समेत नगरपालिकाले सहयोग गर्ने उनले थपे ।

व्यवसायिक रुपमा फर्म सञ्चालन गरेका वास्तविक किसानलाई थप उर्जा, प्रोत्साहन दिन र अझै व्यवसायिक बन्नतर्फ प्रेरित गर्नका लागि नगरपालिका सदैव कृषकको पक्षमा रहेको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् ।

कृषक पिताम्बर डुम्रेले दूध चिस्याउने मेसिन फर्मका लागि निकै उपयोगी हुने बताए । ‘दूध चिस्याउने मेसिन नहुँदा दूध संकलनमा समस्या परेको थियो,’ उनले भने, ‘अब बिहान बेलुकाको दूध संकलन गरेर राख्न सकिने र समय मिलाएर बिक्री वितरण गर्न सकिने भएकाले फाईदा हुने विश्वास लिएको छु ।’

साना तथा ठूला गाई तथा भैंसी गरी हाल डुम्रेको फर्ममा ९५ वटा गाई भैंसी छन् । दैनिक २७५ लिटर दूध उत्पादन गर्दै आएका डुम्रेले यहाँ उत्पादन भएको दूधसहित दूग्धजन्य पदार्थहरु दही, नौनी, पनीर वालिङ, गल्याङ तथा भीरकोट नगरपालिकाका विभिन्न बजारमा खपत गर्दै आएका छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…