गल्याङ सामुदायिक अस्पतालका डाक्टरमा कोरोना पोजेटिभ देखियो, समुदायमा पनि कोरोना फैलिएको आशंका

स्याङ्जा । स्याङ्जाको गल्याङ सामुदायिक अस्पतालका डाक्टरमा कोरोना पोजेटिभ देखिएको छ । क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा गल्याङ अस्पतालका डाक्टरमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अस्पतालमा कार्यरत डाक्टरमा कोरोना पुष्टिसँगै समुदायमा पनि फैलिएको आशंका गरिएको छ । उनीलाई संक्रमण देखिएपछि गल्याङ सामुदायिक अस्पतालको सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।
अस्पतालका निर्देशक थानापति न्यौपानेका अनुसार संक्रमित डाक्टर शनिबार सम्म अस्पतालमा आउने बिरामीकाे स्वास्थ्य परीक्षणमा सक्रिय थिए ।

यस्तै उनीबाट गल्याङ अस्पताल, मिलीजुली अस्पताल लगायतका नीजि स्वास्थ्य क्लिनिकमा पनि हिजो सम्म बिरामीको स्वास्थ्य परीक्षण गर्ने गरेको पाइएको छ ।

गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले अस्पतालका डाक्टरमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीलाई आइसोलेसनमा राखिएको जानकारी दिएका छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…