सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल सडकखण्ड पुन: अवरुद्ध

पाल्पा । सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्ड अनिश्चित रुपमा पुनः अवरुद्ध भएको छ । हिजो देखि एक तर्फी रुपमा संचालनमा आएको सो सडक पुनः पहिरो झरेपछि बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी दीपक खरेलले जानकारी दिएकाे छ ।

शुक्रबार राती देखी अवरुद्ध सडक, आईतबार बेलुकी ६ बजे देखि एकतर्फी रुपमा संचालनमा आएकाे थियाे । पुनः आईतबार रातीको बर्षाले विभिन्न स्थानमा पहिरो झरेपछि बाटो बन्द भएको हो । सिद्धार्थ राजमार्गकाे तानसेन-८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो झरिरहेको प्रहरीले जानकारी दिएकाे छ । पहिराे पन्छाउने कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पा बुटवलको सडकममा बेलुकी ८ देखि बिहान ६ बजे सम्मका लागी यात्रा गर्न रोक लगाएको छ । अर्को सूचना जारी नभएसम्मका लागी बेलुकी ८ देखि बिहान ६ बजे सम्म यात्रा गर्न रोक लगाईको प्रहरीले जनाएको छ ।

तस्बिर: मुक्ति न्याैपाने, पाल्पा

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…