मन्त्री अर्यालले भनिन्, ‘सीप सिकौं, आत्मनिर्भर बनौं’

स्याङ्जा । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सीप सिकेर आत्म निर्भर बन्न आग्रह गरेकी छन् ।

अबको जमाना भनेको आत्मनिर्भरता भन्दै मन्त्री अर्यालले भनिन्, ‘केही रुपैयाँ र सामाग्रीले क्षणिक आवश्यकता पूर्ति हुन्छ । त्यसले दीर्घकालिन खुसी दिन सक्दैन । त्यसैले सीप सिकौं, आत्मनिर्भर बनौं ।’

शुक्रबार वालिङमा आयोजित एक कार्यक्रमको समापन गर्दै मन्त्री अर्यालले जुम भिडियो मार्फत सो कुरा बताइएकी हुन् ।

मन्त्री अर्यालले महिला दिदीबहिनीहरुलाई संगठित रुपमा व्यवसाय र पेशामा लागेमा आत्मनिर्भर बन्न सक्ने भन्दै सामुहिक र संगठित हुन आग्रह गरिन् । ‘एक थुकी सुकी, सय थुकी नदी’, मन्त्री अर्यालले भनिन् । संगठित र सामुहिक रुपमा पेशा र व्यवसायमा लाग्नेलाई सरकारले सहुलियत ऋणको व्यवस्था गरेको मन्त्री अर्यालले जानकारी दिइन् ।

बजारीकरणका लागी समेत सरकार सधै जनताकै साथमा रहने प्रतिबद्दता जनाइन् । आयातित सामान भन्दा ढुक्क भएर स्थानीय उत्पादनमा लाग्न उनीले सुझाइन् ।

ढाकालाई वालिङको कोशेली बनाऔँ
यस्तै वालिङ नगरपालिकाका नगरप्रमुख दिलिपप्रताप खाँणले समृद्धिको लागी सीप विकास आवश्यक रहने भन्दै मौलिक उत्पादनलाई प्राथामिकता दिनुपर्ने बताए ।

नगरप्रमुख खाँणले भने, ‘तपाईहरु उत्पादन गर्नुस् । नगरपालिका जमानी बसेर ऋणको व्यवस्था गर्छौं ।’

वालिङको कोशेलीको रुपमा ढाकाका उत्पादनलाई अगाडि बढाउन समेत नगरप्रमुख खाँणले आग्रह गरे ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…