विपदमा स्थानीय सरकारलाई अग्नि परीक्षा

२०६५ साल जेठ १५ गते पहिलो संविधान सभाको पहिलो बैठकबाट २०६२ र ०६३ सालको जनान्दोलनको भावना भन्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रुपमा घोषणा गरियो । यद्यपी विशेष रुपमा संघियताको विषयमा जनस्तरबाट उठेको प्रश्न र राजनैतिक दलहरुबिचको असमझदारीका कारण हामीलाई संविधान जारी गर्न विश्व राजनैतिक परिवेशमा नै नयाँ इतिहास खडा गर्दै दोस्रो संविधानसभाको निर्वाचनसम्म पुग्नु पर्यो ।

२०६५ साल जेठ १५ को घोषणाको मर्मलाई पूर्ण रुपमा सम्बोधन गर्दै २०७२ साल असोज ३ गते हाम्रा प्रतिनिधिहरुद्वारा लेखिएको संविधान आम नेपाली जनता समक्ष आइपुग्यो । सायद २००७ सालदेखिको राजनैतिक दलहरुको प्रयासले परिणाम पाएकाले हो वा तात्कालिक नेपालका मुख्य तिन दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीको मिलनले देखाएको सन्देशले ।

आँगनमा कार्यालय हुने र गाउँठाउँ कै मान्छे सरकारमा हुने भएकाले स्थानीय सरकारसँग जनताको अझ बढी आशा र भरोसा थियो । तर कतै जनप्रतिनिधिबिचको आपसी मनमुटाव, कतै चुनावी प्रतिशोध, राजनैतिक पृष्ठभूमिका आधारमा गरिएका नियुक्ति तथा निर्णय, अल्पज्ञान तथा प्रतिनिधिहरुको दम्भले अधिकांश स्थानीय तहमा निराशा मात्रै नभएर सामाजिक सहिष्णुतामा समेत आँच पुगेको छ ।

नेपाली जनता संविधानमा रहेका आफ्ना केही असहमतिका बिचमा पनि प्रफुल्लित थिए । आशातित थिए–समृद्धिको गोरेटोमा देश हिड्ने कुरामा । अझ भनौ संघियता र संविधान सँगै मुलुकको कायाकल्प हुने सपना बाँडिरहेका हाम्रा नेताहरुले अब केही गर्छन भन्ने मनोविज्ञानमा हाम्रो चेतना हुर्कियो । हुन पनि घर–घरमा हामीले सरकार पाएका थियौं । संविधानले पनि स्पष्टसँग अनुसूची ५ देखि ९ सम्म संघ, प्रदेश र स्थानीय तहको अधिकार र साझा अधिकारलाई बुँदागत रुपमा प्रस्ट पारेको थियो र आ–आफ्नो तरिकाबाट समृद्धिको यात्रा अघि बढाउन तिनै सरकारलाई ग्रीन सिग्नल दिएको थियो ।

आँगनमा कार्यालय हुने र गाउँठाउँ कै मान्छे सरकारमा हुने भएकाले स्थानीय सरकारसँग जनताको अझ बढी आशा र भरोसा थियो । तर कतै जनप्रतिनिधिबिचको आपसी मनमुटाव, कतै चुनावी प्रतिशोध, राजनैतिक पृष्ठभूमिका आधारमा गरिएका नियुक्ति तथा निर्णय, अल्पज्ञान तथा प्रतिनिधिहरुको दम्भले अधिकांश स्थानीय तहमा निराशा मात्रै नभएर सामाजिक सहिष्णुतामा समेत आँच पुगेको छ ।

यही बिचमा कतिपय स्थानीय तहले स्थानीय स्रोतसाधनको प्रयोग गर्दै थालेको आत्मनिर्भरताको अभियान भने साँच्चिकै प्रशंसानिय छ । एकपटक समृद्धिको यात्रालाई थाती राखेर विपद व्यस्थापनमा स्थानीय तह भन्ने शीर्षकमा हामीले छलफल गर्यौं भने पनि अवस्था उही निराशाको नै छ । कोरोनाभाइरस (कोभिड–१९) को प्रभावबाट गुज्रिरहेका हामीहरुलाई बाढीपहिरो चुनौतीको रुपमा देखा पर्न थालेको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष धेरै स्थानमा पहिरो गएको र बाढीको पनि उच्च जोखिम रहेको समाचारहरु प्राप्त भएका छन् । यो परिवेशमा स्थानीय तहको भूमिका के ? गम्भीर वहस प्रारम्भ भएको छ । हुन त हिजो पनि हामीहरु गाउँमा विना कुनै अध्यायन र इन्जिनियरिङ अवैज्ञानिक तरिकाले डोजर चलाएर बाटो खन्नुमा समृद्धि देख्थ्यौं भने आजभोलि त झन स्थानीय सरकारलाई काम देखाउन पनि सहज हुने र धेरै मान्छेहरु पनि खुशी हुने भएकाले डोजरे विकासले तीव्र गति पाएको छ ।

नतिजा हाम्रो सामु प्रष्ट छ । स्थानीय तहसँग अथक संभावनाहरु छन् आफ्नो क्षेत्र भित्र रहेका इन्जिनियर र इन्जिनियरिङ् अध्यायन गरिरहेका युवाहरुलाई पूर्वाधार विकासका काममा खटाउने, युवा क्लबलाई रेस्क्यु फोर्सको रुपमा विकास गर्ने, जनचेतनाको स्तरमा वृद्धि गर्ने, वातावरणीय प्रभावको अध्यायन गर्न विद्यार्थीहरुलाई खटाउने, मौलिक र दीर्घकालीन विकासलाई प्राथमिकता दिने, अर्गानिक जीवन शैलिको प्रवर्धन गर्ने, कृषिका विद्यार्थीहरुलाई परिचालन गर्दै कृषियोग्य जमिनमा वैज्ञानिक तरिकाले कृषि गर्ने, इनोभेटिभ सेन्टरको विकास गर्दै युवाशक्तिलाई खोज अनुसन्धानमा खटाउने, विद्यालयमा विपद व्यवस्थापनको शिक्षालाई व्यवहारिक रुपमा अभ्यास गराउने, वृक्षारोपण र सरसफाई कार्यक्रम संचालन गर्न युवा क्लब, आमा समूह र बाल क्लबसंग समन्वय गर्ने जस्ता क्रियाकलाप गर्न सकेमा हामीले विपत्तिको सामना मात्रै होइन समृद्धिको यात्रा गर्ने थियौं । गाउँठाउँमा रोजगारीको सिर्जना हुने थियो, ब्रेन ड्रेन हुने थिएन र आत्मनिर्भरताको अभियानको थालनी हुने थियो ।

कोरोनाभाइरस (कोभिड–१९) को प्रभावबाट गुज्रिरहेका हामीहरुलाई बाढीपहिरो चुनौतीको रुपमा देखा पर्न थालेको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष धेरै स्थानमा पहिरो गएको र बाढीको पनि उच्च जोखिम रहेको समाचारहरु प्राप्त भएका छन् । यो परिवेशमा स्थानीय तहको भूमिका के ? गम्भीर वहस प्रारम्भ भएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…