हत्याको आरोपमा चारजना पक्राउ, दुई फरार

चितवन । चितवनमा एकजनाको हत्या आरोपमा चारजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–१४ का ४१ वर्षीय राजकुमार गुरुङको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले चारजनालाई पक्राउ गरेको छ ।

तनहुँ भानु नगरपालिका–४ का ३४ वर्षीय कमल गन्धर्व, रौतहत गजुरा नगरपालिका–१ का ३० वर्षीय अमृत भन्ने अम्मर बहादुर थिङ, दाङ घोराही उपमहानगरपालिका–११ का २४ वर्षीय सागर ओली र चितवन महानगरपालिका–८ बस्ने ३१ वर्षीय प्रकाश बि.क. लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तनहुँ भानु नगरपालिका–४ का २८ वर्षीया लक्ष्मी मगर र ४५ वर्षीया सीता गन्धर्व फरार रहेकी छन् ।
यस्तै एकजना बालकलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरीले बताएको छ ।
गत असार २३ गते गुरुङको हत्यामा उनीहरु पक्राउ परेका हुन् । हत्यामा आरोपहरुले गुरुङको शवलाई चितवन मैयादेवी कन्या कलेज नजिक झाडीमा बोरा बाँधेर फालेका थिए ।

कमल गन्धर्वको रिक्सा लिएर भागेका गुरुङलाई भरतपुर महानगरपालिका–१० मालपोत चोकमा फेला पारेका थिए । गुरुङलाई कलम गन्धर्वका श्रीमती लक्ष्मी मगर, अमृत, सागर र प्रकाश बि.क.ले सामुहिक कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको छ ।

घट्ना लुकाउन र अपराधबाट बच्नका लागि उनीहरु फरार थिए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…