नागढुंगाभन्दा साँगा नाकाबाट उपत्यका आउने बढी संक्रमित !

उपत्यकामा मात्रै थप ४५ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने तीन नाकामा सरकारले टोली खटाएरै कोरोना भाइरसको स्वाब संकलन गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती नाकाबाट मात्रै १० हजार जनाको नमूना परीक्षण गर्ने लक्ष्य लिइएको छ ।

सरकारले ८ हजार ४ सय १ जनाको नमूना संकलन गरेकोमा ३ हजार ४ सय ७३ जनाको परीक्षण भएको छ । तीमध्ये २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नागढुंगा नाकाबाट लिइएको नमूनामध्ये २ हजार ३ सय २ जनाको परीक्षण गर्दा ३ तीन जनामा संक्रमण पुष्टि भएको छ भने फर्पिङ नाकाबाट आएका ७ सय ४१ जनाको परीक्षण गर्दा १० जना संक्रमित भएका छन् । साँगा नाकाबाट भित्रिएका ४ सय ३० जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा मात्रै थप ४५ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २ /२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्राेत: नेपाल टिभी अनलाइन

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…