मन्त्री गुरुङको पहलमा गर्भवती महिलाको हेलिकप्टरमा काठमाडौं ल्याइयो

काठमाडौं । सिन्धुपाल्चोककी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

सिन्धुपाल्चोक पाँचपोखरा थाङपाल गाँउपालिका–६ की ३४ वर्षीय पासाङ लामालाई थप उपचारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुङको पहलमा उद्धार गरी बिहीबार काठमाडौं ल्याइएको हो ।

गत २१ गते बेलुका सुत्केरी व्यथाले च्यापेपछि गर्भवती लामालाई स्थानीय थाङपालधाप स्वास्थ्य चौकी पु¥याइएको थियो । त्यहाँ सामान्य उपचारपछि काठमाडौं थापाथालीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचारको व्यवस्था मिलाइएको थियो ।

गर्भवती लामाको पेटमा रहेको शिशुकुो स्वास्थ्य अवस्था असुरक्षित देखिएपछि हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सिफारिस गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

गाउँपालिकाको जानकारी सहित सिफारिसबारे मन्त्रालयले जानकारी पाएलगत्तै हवाई उद्धारको आवश्यक व्यवस्था मिलाएको मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले बताए ।

अस्पतालमा पु¥याइएको आधा घण्टा पनि नबित्दै पासाङले बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ ।

मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हेलिकप्टरबाट उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।

हालसम्म ११९ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था मिलाइएको मन्त्रालयका कर्मचारी अञ्जु ढुंगानाले बताइन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…