चापाकोटका मेयर शिवकुमार गिरीको दादागिरी : फेरि मान्छे कुटे

स्याङ्जा । चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरीको दादागिरीको श्रृङ्खला जारी नै छ । आइतबार राति मेयर गिरीको दादागिरीको अर्को श्रृङ्खलाको थपिएको छ ।

राति लगभग साढे ९ बजे मेयर गिरीको नेतृत्वमा वालिङमा फेरि मान्छे कुटेका छन् ।

ग १ झ ३३३ नम्बर सरकारी गाडीमा वालिङ आएका मेयर गिरीका समूहबाट वालिङ नगरपालिका–९ भकुण्डेका ३३ वर्षीय जितेन गुरुङ कुटिएका छन् ।

वालिङ–८ स्थित घुम्तीका एक पसलमा सामान किन्दै गरेको अवस्थामा आफूमाथि अचानक आक्रमण गरी मरणासन्न हुने गरी कुटपिट गरी भागेको घाइते गुरुङले बताए ।

‘घुम्तीमा सामान किन्दै थिए’, घाइते गुरुङले भने, ‘मेयर साबको टोली वालिङबाट आउँदै रहेछ, एकासि कुटिए ।’

आफूले मेयरसँग ‘दाजी नमस्कार म हजुरलाई चिन्छुु भन्दाभन्दै पनि मेयरसाबले पनि आफूलाई मुक्काले बर्साएको गुरुङले बताए ।

मेयरको नेतृत्वमा आफूमाथि फिल्मीशैलीमा प्रदीप गिरी, राजकुमार मल्ल र सुनिल एस्के लगायतले कुटपिट गरेको उनले बताए । मल्ल मेयर गिरीका स्वकिय सचिव हुन् भने एस्के नगरपालिकाका ड्राइभर हुन् ।

घाइते गुरुङलाई अचेत अवस्थामा स्थानीयले उद्धार गरी अस्पताल पु¥याएका थिए । उनको थप उपचारका लागि पोखरा रिफर गरिएको गह्रौं प्राथमिक अस्पातल वालिङले जनाएको छ ।

गुरुङको देब्रे आँखामा चोट लागेको छ । आँखामाथिको घाउमा दुईवटा टाँका लगाएका छन् ।
यस्तै नाकमा रगत जमेको छ । देब्रे हात, दाहिने कानमाथि, घाँटी, छाती लगायतका शरीरका विभिन्न भागहरुमा चोट तथा निला डामहरु देखिएको अस्पतालले जनाएको छ ।

यसअघि पनि मेयर गिरीको नेतृत्वमा कालिकोट हुदै स्याङ्जामा पटक–पटक मान्छे कुट्दै आएका छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…