गल्याङमा फेरि एक महिलालाई कोरोना संक्रमण

दुई महिना देखि बन्द गल्याङ नगर अस्पताल सञ्चालनमा

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा एकजनालाई कोरोना संक्रमणको पुष्टी भएको छ ।

गल्याङ नगरपालिका–११ मुडकिल्लाकी ४५ वर्षकी एक महिलालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी विपिन कोइरालाले जानकारी दिएका छन् ।

ति महिलाका आफन्त विरामी भई उपचारका लागि काठमाडौंमा लगिएकोमा काठमाडौंमा नै आफन्तलाई कोरोना लागेको पुष्टी भएपछि गल्याङमा ती महिलाको परिक्षण गरिएको थियो ।

कन्ट्रयाक ट्रेसिङ अन्तर्गत उक्त ठाउँका छ जनाको स्वाव संकलन गरि परिक्षण गरिएकोमा ती महिलालाई मात्रै कोरोना संक्रमणको भाइरस देखिएको गल्याङ नगरपालिकाले जनाएको छ ।

यस्तै गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकाहरुको पनि स्वाब परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।

दुई महिनादेखि बन्द अस्पताल पुनः सञ्चालन
कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेको गल्याङ नगर अस्पताल सोमबार देखि सञ्चालनमा आएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएकाहरुलाई आइसोलेसनमा उपचार गरिएकोमा अब अस्पतालका सेवाहरु पनि संचालन गरिएको गल्याङ नगर अस्पतालका प्रमुख थानापति न्यौपानेले जानकारी दिएका छन् ।

अस्पतालमा आकस्मिक तथा बहिरङ्ग सहितका सबै सेवा सञ्चालन भएको छ ।

अस्पतालमा आइसोलेसनको व्यवस्था भएपनि फरक ठाउँमा भएकाले अन्य विरामीले डर मान्नुपर्ने अवस्था नरहेको प्रमुख न्यौपानेले बताए ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…