मेयर साब् ! तपाई मेयर कि, ‘रेस्लिङ्’काे रेफ्री ?

स्याङ्जा । मंगलबार बिहान–‘दृष्टिलाइभ डटकम’ ले फेशबुकमा १ मिनेट ४२ सेकेण्डको सीसी टिभी फुटेज (भिडियो) फेला पार्छ ।

‘मोहन गुरुङलाई हो यो भिडियो लगेर देखाउने हो’–भिडियोमा भनिएको छ । म झनै उत्सुकता भए । भिडियो हेरे । एकजना व्यक्ति कुर्सीमा बसेका छन् । चारजना उसका अगाडि उभिएका छन् । हाउभाउ मात्र थाहा हुन्छ । बोली सुनिदैन ।

भिडियोमा दायाँबाट दोस्रो पंक्तिमा उभिनेको टाउको सेतो ‘हेल्मेट’ छ । फुटेजमा चारैजनाले कुर्सीमा बसेका व्यक्तिसँग केही कुराकानी (छलफल) गरेजस्तो देखिन्छ ।

फुटेजमा १ मिनेट ७ सेकेण्ड जाँदा हेल्मेट लगाउनेले आफ्नो दाहिनेतिर रहेकालाई एकमुक्का हानेको देखिन्छ । त्यसपछि कुर्सीमा बसेका व्यक्ति उठछन् । हेल्मेटवालाका दायाँ र बायाँतिरका तीनजनाले हेल्मेटवालालाई मुक्का बर्साउछन् ।

एकजनाले हेल्मेटले तीन पटक हान्छन् । बाँकी दुईजनाले मुक्काले । हेल्मेटवाला ढल्छन् । ढल्दा पनि सुख पाउँदैनन्, अझै हेल्मेट र लाती खाँदैछन् । कुर्सीमा बस्ने व्यक्ति पनि त्यहाँ पुग्छन् । हेर्छन अनि फर्कछन् ।

माथि उल्लेखित अनुच्छेद (वाक्य) कुनै फिल्म वा लघु फिल्मका कथा होइन । वास्तविक घट्ना हो ।

कथाको मिति, समय र स्थान
मितिः– २०७७ साउन २६ गते, बुधबार ।
समयः– रातको ९ः३० बजे ।
स्थानः– डि. आर. वर्कशप, वालिङ–८ घुम्ती स्याङ्जा ।

मुख्य पात्रहरु:
कुर्सीमा बस्ने व्यक्तिको नाम :- शिवकुमार गिरी, प्रमुख चापाकोट नगरपालिकाका प्रमुख ।
हेल्मेटवालाको नाम :– जितेन गुरुङ ।

अन्य पात्रहरु : राजकुमार मल्ल (नगरप्रमुखका स्वकीय सचिव), सुनिल एस्के (नगरप्रमुख चढ्ने गाडीका चालक) र प्रदीप गिरी

सीसी टिभी फुटेज (भिडियो) सार्वजनिकपछि …

१. सबैभन्दा पहिला भिडियो कहाँबाट कस्ले र कसरी भयो ? भिडियो सार्वजनिक गर्ने र गर्न सहयोग गर्नेलाई के कार्वाही के हुन्छ ? भयो, भने कस्ले गर्छ ?

२. हामीलाई प्राप्त जानकारी अनुसार भिडियो वडा प्रहरी कार्यालय वालिङको नियन्त्रणमा छ, प्रहरीबाट नै भिडियो बाहिर गयो ?

३. भिडियोमा पत्रकार मोहन गुरुङलाई लगेर देखाउनुपर्छ भनिएको छ, त्यो भन्ने मान्छे कोहो ? त्यसको खोजी गर्ने पत्रकारहरले कि प्रशासनले ?

४. ‘दृष्टिलाइभ डटकम’ मा ‘चापाकोटका मेयर शिवकुमार गिरीको दादागिरी : फेरि मान्छे कुटे’ शिर्षकमा समाचार छापेको विषयमा चापाकोटका मेयर शिवकुमार गिरीले पत्रकारहरुलाई धम्कीपूर्ण रुपमा प्रेश विज्ञप्ति निकालेको छ । पत्रकार र पत्रकारिताको जीवनरक्षा गर्ने निकाय को ?

५. ‘दृष्टिलाइभ डटकम’ले मात्रै मेयर शिवकुमार गिरीको बारेमा सामाचार लेखेका थिएन, किन दृष्टिलाइभका बारेमा मात्रै प्रेश विज्ञप्ति ? यो पुर्वग्राही मानसिकता कि हार मानसिकता मेयरसाब ?

६. हो, यो घट्नामा पत्रकारहरुको लेखाईमा कमीकमजोरी भएका होलान्, त्रृटि चाँही होइन मेयरसाब ।

किन कि, मेयरसाब तपाईका ‘कालीकोट काण्ड’, ‘नगरपालिका भित्रका राहत काण्ड’, ‘स्थानीय निर्वाचन काण्ड’ले त्यो÷यो समाचार लेख्न बाध्य बनाएको हो ।

८. सीसी टिभि फुटेजमा कुर्सीमा बसेको व्यक्ति चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी हुन् । तीनजनाले एकजनालाई मरणासन्न हुने गरी पिट्दा तपाई टुलुटुलु हेरेर बस्ने की समाधान उपाय दिने ? तपाई मेयर कि, रेस्लिङको रेफ्री ?

९. फुटेजमा घाइते जितेन गुरुङले हात पहिला हालेका छन् । हो उस्को गल्ती भयो तर त्यसपछि तपाईले झगडा छुट्याउने÷मिलाउने केही गर्नुभयो ? झगडा गर्नुभन्दा पहिलाको वावविवादको बारेमा तपाई थाहा छैन र ?

१०. मरणासन्न हुनेगरी पिटाई खाएर अचेत भएका गुरुङलाई त्यही छाडेर भाग्ने हो की उनको स्वास्थ्य उपचारमा तपाई लाग्ने हो ? तपाईको अभिभावकत्व कस्ले हरण ग¥यो ?

११. यदि गुरुङको मृत्य भएको भए आज तपाई र तपाईसँग रहेका युवाहरुको बारेमा एकचोटी मुखमा चिनी र टाउको आइस राखेर सोच्नुस् मेयरसाब !

१२. वडा प्रहरी कार्यालय वालिङमा घट्नाका बारेमा घाइते पक्षले किटनीका साथ जाहेरी दिएका छन् । २४ घण्टा बित्दा सम्म पनि जाहेरी दर्ता भएको छैन । प्रहरी भन्छ पहिला पक्राउ अनि जाहेरी । यो कस्तो कानुन हो एसपी साब ?

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…