स्याङ्जाका सिडिओ लुके !

स्याङ्जा । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लुकेका छन् । स्याङ्जाका क्रियाशिल पत्रकारहरुले कार्यालय समयमा कार्यकक्षामा भेट्न जाँदा प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्री लुकेका हुन् ।

गत साउन २६ गते राति वालिङ्मा घटेको घट्नाको विषयमा पत्रकारहरुले भेट्न खोज्दा उनी लुकेका हुन् । साउन २६ राति चापाकोटका मेयर शिवकुमार गिरीको समुहले वालिङका एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

सो घट्नामा संलग्न भएको आरोपमा मेयरका स्वकिय सचिव राजकुमार मल्ल, मेयरका गाडी चालक सुनिल एस्के र प्रदीप गिरी विरुद्ध घाइते पक्षबाट जाहेरी दिएका थिए ।

आरोपित मल्ल, एस्के, गिरी र घाइते युवाको विरुद्ध बुधबार साँझ जाहेरी दर्ता भएको थियो ।
प्रहरी हिरासतमा रहेका एस्के र गिरीलाई हिजो राति सिडिओको ठाडो आदेशमा छाडिएको थियो । सोही विषयका बारेमा पत्रकारहरू बिहीबार सिडिओ कार्यालयमा पुगेका थिए । गए रातिदेखि नै पत्रकारहरुले सिडिओलाई मोवाइल मार्फत सम्पर्क गरेका थिए । तर, कुनै प्रतिक्रिया नजनाएपछि पत्रकारहरु सिडिओ कार्यालयमै भेट्न गएका थिए ।

पत्रकारहरु कार्यालयमा पुग्नु भन्दा २०/२५ मिनेट अगाडि कार्यकक्षामा रहेको जानकारी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नवराज बरालले जानकारी दिएका थिए ।

बरालले पत्रकारहरुलाई एकघण्टामा सिडिओ कार्यालयमा पर्कने आश्वासन दिएपछि पत्रकारहरुले कार्यालयमै कुरेर बसेका थिए । सिडिओलाई एक घण्टा होइन ६ घण्टासम्म कुरेर बसे तर उनी आएनन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…