मन्त्रीमण्डल पुनर्गठनको तयारी : यी हुन् नयाँ मन्त्रीमण्डलका लागि चर्चा गरिएका नामहरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद अन्त्यका लागि नयाँ मन्त्रीमण्डल पुर्नगठनको चर्चा बक्लै रुपमा चलेको छ ।

मन्त्रीमण्डल पुर्नगठनको तयारीमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुर्नगठनका लागि तयार भएको स्रोतको दावी छ ।

उक्त विषयको बारेमा भोलि बस्ने नेकपाको सचिवालय बैठकले निर्णय गर्ने नेकपाका एक सचिवालय सदस्यले बताएका छन् ।

नयाँ बन्ने मन्त्रीमण्डलका लागि हाल बहलवाला सबैजना मन्त्रीहरु परिवर्तन गर्ने वा प्राथमिकताका आधारमा परिवर्तन गर्ने भन्ने बारे भोलिको बैठकले टुंगो लगाउनेछन् ।

क–कस्को छ चर्चा, नयाँ मन्त्री बन्ने !

प्रवक्ता नारायणकाजी श्रेष्ठ ुप्रकाशु र महासचिव विष्णु पौडेल नयाँ मन्त्री बन्ने चर्चामा छन् । त्यस्तै भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतका नेताहरु मन्त्री बन्ने एक नेताले जानकारी दिए ।

नेकपाका उपाध्यक्ष बामदेव गौतम पनि उपप्रधानमन्त्री बन्ने चर्चा गरिएको छ । तर, वहाँलाई राष्ट्रियसभामा मनोनित गरेर मन्त्री बनाउने बारे कानुनी परामर्श चलिरहेको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…