गल्याङका ६० परिवारलाई राहत वितरण

गल्याङ् । स्याङजाको गल्याङ नगरपालिकाले राहत वितरण गरिएको छ । गल्याङ नगरपालिका–९ का विपन्न घर परिवारलाई नगरपालिकाले राहत वितरण गरिएको हो ।

वडा नम्बर ९ स्थित साङ्लीयाका ६० विपन्न घर परिवारलाई राहत स्वरुप चामल वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरवासीको आधारभूत आवश्यकता पुरा गर्न नगरपालिका प्रतिबद्धता व्यक्त गरे ।

नगरप्रमुख अधिकारीले भने, ‘नगरपालिकाका विभिन्न योजना अगाडि सार्दै गर्दा कोरोनाले हामीलाई असहज बनाइरहेको छ, तर पनि हामीले अधिकतम प्रयत्न गरिरहेका छौं ।’

वडा नं. ९ मा विपन्न परिवारको संख्या अत्यधिक रहेको भन्दै नगरप्रमुख अधिकारीले स्वरोजगार र रोजगार बनाउनका लागि आफुले विशेष योजना ल्याएको जानकारी दिए ।

‘धनी र गरिबको खाडल अन्त्य गर्न हामी प्रतिबद्व छौं,’ नगर प्रमुख अधिकारीले भने, ‘यसका लागि नगरपालिकाले सक्दो प्रयास गरिरहेको छ ।’

सो अवसरमा नगरप्रमुख सहितको टोलीले वर्षात्को समयमा घर पहिरो गएर निधन भएका यामबहादुर विकका परिवारको अवस्था तथा घर निर्माणबारे चासो व्यक्त गर्दै घर निर्माणमा सहयोग गर्ने प्रतिबद्वता समेत जनाएका थिए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…